hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet girişpincocasibomcasinolevant

जितपुरसिमरा उपमहानगरपालिकाकाे नगर प्रमुख पाैडेलकाे बाेल्ड निर्णय ,सात निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाईयो

रञ्जन यादब /बारा

जितपुरसिमरा उपमहानगरपालिकाले सम्झौता सम्पन्न गरे पनि तोकिएको समयमा काम सुरु नगर्ने सात ठेकेदार कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। नगरपालिकाले ती कम्पनीहरूलाई सात दिनभित्र संशोधित कार्य–तालिका (Revised Work Schedule) पेश गरी सोही अनुसार काम प्रारम्भ गर्न निर्देशन दिएको हो।

उपमहानगरपालिकाका पुर्बधार बिकास शाखा प्रमुख ईन्जियर अभयकान्त झाका अनुसार, पटक–पटक सम्झाइ–सुझाइ गर्दा पनि ठेकेदारहरूले तोकिएको समयसीमाभित्र काम अगाडि बढाउन असफल भएपछि कानूनी प्रावधानअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो। तोकिएको म्यादभित्र पनि काम सुरु नगरे सार्वजनिक खरीद ऐन तथा नियमावलीअनुसार जरिवाना, धरौटी जफत लगायतका कडा कदम चालिने चेतावनी दिइएको छ।

उपमहानगरपालिकाले जानकारी दिएअनुसार, N.K. Construction Pvt. Ltd., पर्सा ले वडा नं. ७ मा निर्माणाधीन फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयको भवन निर्माणमा प्रगति नदेखाएपछि कारबाहीको दायरामा परेको हो। त्यसैगरी, D & D Construction, बारा ले वडा नं. ५ र ७ जोड्ने २०० सैया अस्पताल अगाडिको कल्भर्ट निर्माण कार्य सुरु नगरेको पाइएको छ।

त्यस्तै, Dhiraj Nirman Sewa, रौतहट ले वडा नं. १० को बलुवा–बेहरा सडक कालोपत्रे कार्य सुरु नगरेको, Shree Bajrang Construction, बारा ले वडा नं. २४ मा पर्खाल निर्माणमा ढिलाइ गरेको, र Jasauli Nirman Sewa, पर्सा ले इनर्वासिरा (वडा नं. १९) मा ट्र्याक खोल्ने तथा ढलान कार्य स्थगित राखेको उपमहानगरपालिकाले जनाएको छ।

यस्तै, Makawanpur Construction Pvt. Ltd. ले बजनी वडा कार्यालयतर्फ जाने सडक कालोपत्रे कार्य (वडा नं. ३) सुरु नगरेको र Jai Shambhu BholeNath Construction, मकवानपुर ले वडा नं. २२ मा चकरी जाने बाटो कालोपत्रे कार्यमा लापरबाही गरेको पाइएको छ।

उपमहानगरपालिकाकाे नगर प्रमुख राजन पाैडेलले जनताको करबाट सञ्चालित विकास योजनामा ढिलासुस्ती र लापरबाही सह्य नहुने स्पष्ट चेतावनी दिएका छन्। उनका अनुसार, “सम्झौतामा हस्ताक्षर गरेर पनि काम नगर्ने ठेकेदार कम्पनीहरूले नगरको विकास अवरुद्ध पारिरहेका छन्। अब यस्ता कम्पनीलाई कुनै प्रकारको छुट दिइने छैन।”

उपमहानगरपालिकाले आगामी दिनमा पनि विकास कार्यमा ढिलाइ गर्ने ठेकेदार कम्पनीहरूको विवरण सार्वजनिक गर्दै आवश्यक कानूनी कारबाही निरन्तर गरिने जनाएको छ।