hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetmarsbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincovidobet

कक्षा १२ को परिक्षामा एस.पि.ई.एस.कि छात्रा मण्डलले ल्याईन् ३.९१ जिपिए

रञ्जन यादब /बारा

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षाको नतिजामा सिमरा पब्लिक ईङ्गलीस स्कुल (एस.पि.ई.एस )का बाणिज्य संकायमा अध्ययनरत सिमराकी छात्रा काजल मण्डलले ३.९१ जि.पि.ए. ल्याएकीछिन् । गत वैशाख १४ मा लिइएको परिक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गर्दा मण्डलको ३.९१ जि.पि.ए. देखिएको हो । मण्डलले ल्याउँनुभएको ३.९१ जि.पि.ए. सम्भव त मधेश प्रदेशमै सबैभन्दा बढि रहेको दाबी गरिएको छ । तर यसको आधिकारिता पुष्टि भएको छैन् ।

एस.पि.ई.एस. ईङ्गलीस बोडिङ्ग स्कुल सिमराबाट कक्षा १२ को परिक्षा दिएका ७५ जना बिद्यार्थीमध्ये ए प्लस ग्रेड ल्याउँने १४ जना ,ए ग्रेड ल्याउँने २४ जना ,बि प्लस ग्रेड ल्याउँने २१ जना ,बि ल्याउँने ९ जना ,सि प्लस ल्याउँने १ जना र ६ जना एक बिषयमा अनुर्तिण भएको एस.पि.ई.एस. ले जनाएको छ । देशभरबाट कक्षा १२ को परिक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए ।सहभागी परीक्षार्थीमध्ये ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए ।

गत वर्ष कक्षा १२ मा ५१.९१ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।प्रतिशतका हिसाबले पनि यो वर्षको नतिजा केही सुधार देखिएको छ ।नतिजा अनुसार सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका छन् भने सबैभन्दा कम १.६१ देखि २.० जीपीए सम्म ल्याउने विद्यार्थी संख्या जम्मा १२ जना रहेका छन् ।शुक्रबार सार्वजनिक गरेका नतिजामा विषय लागेका विद्यार्थीहरू मौका परिक्षा दिन पाउने व्यस्था छ । शैद्धान्तिक तर्फ सोही अनुसार बोर्डले भदौ २५ र २६ गते मौका परिक्षा दिने मिति तय गरेको छ ।

कक्षा १२ को बार्षिक परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पुरक परीक्षा दिन पाउँछन् । नतिजा अनुसार एक लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेड भएका छन् ।