जीतपुरसिमराका वडा अध्यक्ष कार्की घुष प्रकरणमा दाेषि ठहर

रञ्जन यादब /बारा

बिशेष अदालतले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडा अध्यक्ष तारा बहादुर कार्कीलाई दोषि ठहर गरेको छ । बैशाखा २७ गते बिहिबार विशेष अदालतकाे  दैनिक पेसी सुचिमा वडा अध्यक्ष कार्कीलाई दोषि ठहर गरेको जनाईएकाे छ। २०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा बिशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको थियो ।

बिशेष अदालतले दोषि ठहर गर्दा वडा अध्यक्ष कार्की निर्णय बदरको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिबादी बनाई पुनराबेदनकोलागि फागुन ३ गते मुदा दर्ता गराएका थिए ।ईजलास नं.१ का अध्यक्ष न्यायाधीस टेक नारायण कुँवर र सदस्य न्यायाधीश तेज नारायण सिँह राईको फैसलाले पहिलाको निर्णयलाई नै सदर गरेको थियो ।

पुष २ गते हेटौडा स्थित अख्तियारको टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको थियो । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको आयोगले जनाएको छ ।

वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । कार्की नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य हुन ।