निजगढमा खुवा उत्पादन मौलाउँदै

रञ्जन यादब /बारा

बाराको निजगढमा खुवा उत्पादन मौलाउँदै गरेको छ । निजगढमा २६८ जना किसानले व्यावसायिक रुपमा कराहीमा दुध घोटेर खुवा उत्पादन गर्ने गरेका छन् । जसबाट वार्षिक १८ करोड रुपैयाँको कारोबार हुने गरेको कुशल व्यवसाय तथा परामर्श तालिम केन्द्रका प्रमुख सरोज कोइरालाले जानकारीदिनुभयो ।निजगढका खुवा उत्पादक किसानलाई कुशल व्यवसाय तथा परामर्श तालिम केन्द्रले लेबलिङ, ब्राडिङ, प्याकेजिङ, बजारीकरण तथा अन्य प्राविधिक सहयोग गर्दै आएको छ ।

सो संस्थाको प्राविधिक सहयोगमा तिमिल्सिना परिवारले खुवा पकाउने मेसिन दिल्लीबाट ल्याएको हो ।निजगढ नगरपालिका वडा नं.६ का पशुपालक किसान प्रेमप्रसाद दंगालले सामुदायिक डेरीहरूले दुध धेरै भएर नलिएको अवस्थामा किसानले निजी डेरीमा दुध बिक्री गर्ने गरेका छन् ।निजगढमा अहिले व्यावसायिक रुपमा ३ वटा उद्योगले खुवा उत्पादन गरेर देशका विभिन्न भागमा पु¥याउने गरेका छन् । पहिला दिनभर लागेर खुवा घोट्नुपर्थ्यो भने अहिले मेसिनबाट २० मिनेटमा २० लिटर दुधको खुवा तयार हुने गरेको कोईरालाले बताउँनुभयो ।

पहिला ६० किलो दुधका लागि सय किलो दाउरा लाग्थ्यो भने अहिले २० किलो दाउराले पुग््रने गरेको उहाँले बताउँनुभयो । निजगढमा उत्पादन भएको खुवा एक दिन बिराएर १० देखि ११ क्वीन्टलसम्म काठमाडौँ जाने गरेको उहाँले बताउँनुभयो । निजगढको खुवा बनेपा, धुलिखेल, पनौती, जनकपुर र वीरगञ्जका मिठाइ पसलहरू, सप्तरीको बाजेको पेडा भण्डार र स्थानीय बजार जाने गरेको स्थानीय किसानहरु बताउँने गर्दछन् ।निजगढ नगरपालिका दुध उत्पादन, खुवा, मह र केरा खेतीका लागि प्रसिद्ध छ ।

किसानहरूले उत्पादन गरेका यी उत्पादनको ब्राण्डिङ, लेबलिङ र बजारीकरणमा भने निजगढ नगरपालिकाले कुनै सहयोग नगरेको किसानहरूको गुनासो छ ।निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले खुवाको उत्पादन तथा बजारीकरणका लागि चालु आर्थिक वर्षमा कुनै कार्यक्रम नभएको बताउँनुभयो