hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

बारामा पहिलो पटक प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा महिला

रञ्जन यादब /बारा

बारामा पहिलो पटक एक स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी महिलाले सम्हाल्नु भएको छ । प्रमुख प्रशासकिय अधिकृत उप सचिव काफ्लेलाई नगर प्रमुख राजन पौडेलले उपमहानगरपालिकामा स्वागत गर्नुभएको छ । नगर प्रमुख पौडेललाई खाँदा र टिका लगाई प्रमुख प्रशासकिय अधिकृत काफ्लेको स्वागत गर्नुभएको हो । नगर प्रमुख पौडेलले स्वागत कार्यक्रममा डायरी र कलम प्रमुख प्रशासकिय अधिकृत काफ्लेलाई हस्तान्तरण गर्नुभएको थियो ।

जीतपुरसिमराको प्रशासनको नेतृत्व गर्न आउनु भएका प्रमुख प्रशासकिय अधिकृत उर्मिला काफ्ले पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत हुन् । यसभन्दा अगाडि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिवजी प्रसादले सम्हाल्दै आएका थिए । प्रमुख प्रशासकिय अधिकृत काफ्ले यसअघि स्थानीय विकास मन्त्रालयमा शाखा अधिकृत रहेकी थिईन् भने त्यसअघि प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयमा प्रशासन पुन संरचना इकाईमा समेत उहाँ कार्यरत हुनुहुन्थ्यो ।

उर्मिलाले योजना अधिकृतका रुपमा जिल्ला विकास समिति रसुवा, कार्यकारी अधिकृतको रुपमा दोलखाका जिरी नगरपालिकामा काम गरेकी छिन् ।त्यसैगरि गण्डकी प्रदेश, पोखरामा उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा उपसचिव, जिल्ला समन्वय अधिकारीको रुपमा जिल्ला समन्वय समिति, सोलुखुम्वुमा समेत काम गर्नुभएको छ ।उपसचिव उर्मिलाले डबल डिग्री होल्डर हुनुहुन्छ ।

ग्रामिण बिकासमा त्रिभुवन विश्वविद्यालबाट र सामुदायिक सुशासन र ग्रामीण विकासमा दक्षिण कोरियाबाट स्नाकोत्तर पुरा गर्नुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरि बैशाख २० गतेको निर्णय अनुसार काफ्लेलाई जीतपुरसिमरामा कामकाज खटाएको हो ।