मेयर पौडेलले सरकारी अस्पतालमा आफनो बच्चा जन्माए

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पौडेलले आफनो बच्चा सरकारी अस्पतालमा जन्माएका छन् । नगर प्रमुख राजन पौडेलकि पत्नी प्रतिमा भुषालले सिमरा स्थित जीतपुरसिमरा अस्पतालमा एक पुत्रको जन्म दिनुभएको अस्पताल स्रोतले जनाएको छ । आईतबार(आज) बिहान ब्यथाले च्यापेपछि नगर प्रमुख पौडेले आफनो श्रीमती भुषाललाई अस्पताल भर्ना गरेका थिए ।

दिउँसो ४ः४० मा नगर प्रमुख पौडेल पत्नी प्रतिमा भुषालले २.५ किलोको स्वस्थ्य बच्चालाई जन्मदिनुभएको जीतपुरसिमरा अस्पतालका मे.सु. प्रकाश साहले जानकारी दिनुभयो । उहाँले बच्चा र आमाको अवस्था सामान्य रहेको बताउँनुभयो । केही समयमै हामीले डिस्चार्ज गर्छौ मे.सु. साहले बताउँनुभयो । यो सँगै नगर प्रमुख पौडेलको तीन सन्तान भएका छन् ।

जेठो सन्तान छाेरा प्रसुती गृह थापाथलीमा जन्मेका थिए भने दाेस्राे सन्तान छाेरी  प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा जन्मेकी थिईन् ।

ठुल्ठुला सुबिधा सम्पन्न अस्पतालमा श्रीमतीलाई भर्ना गरी बच्चा जन्माउँन सक्ने क्षमता भएपनि नगर प्रमुख पौडेलले सरकारी अस्पताल( जीतपुरसिमरा अस्पताल ) पनि सुरक्षित र यहाँको चिकित्सकहरु पनि दक्ष छन् भने सन्देश दिन यस्तो गरेको हुन सक्ने कतिपयको बुझाई छ ।

नगर प्रमुख पौडेल र उहाँकी पत्नी भुषाल माओवादी केन्द्रको सक्रिय राजनितीमा आफनो जीवन बिताईरहेका छन् ।