रञ्जन यादब/
जीतपुरसिमरा उपमहानगरपालिकाले ७६ औं राष्ट्रिय सहकारी दिवस भब्यताको साथ मनाउँने भएको छ । विहिबार उपमहानगरका सहकारी समन्वय समितिका अध्यक्ष एवं नगर उपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले चैत्र २० गतेका दिन विहान ७ बजे प्रभातफेरी सहित सहकारी दिवस मनाउने निर्णय गरेको हो ।
बैठकबाट पालिका भरिका सहकारीलाई प्लेकार्ड तथा ब्यानर सहित उत्साहजन सहभागिताका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । उपमहानगगरपालिका परिषरमा जम्मा भई प्रभातफेरी सहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थीत शान्ति टोल स्थीत खुल्ला मैदानमा सभा गरी कार्यक्रम गर्ने तय भएको उपप्रमुख अधिकारीले जानकारी दिनु भयो ।
यस्तै आगामी बैशाखमा प्रशिक्षक बोलाई २ दिने सहकारी सेमिनारको समेत आयोजना गर्ने निर्णय भएको उपमहानगरका पर्यटन तथा सहकारी शाखा प्रमुख सुधन चौधरीले जानकारी दिनुभयो । राष्टिय सहकारी महासंघले यसबर्षका लागि सहकारीमा सुशासन, प्रविधि र एकिकरण भन्ने नारा तय गरेको छ ।पालिकामा कृषि, बचत तथा ऋण र दुग्ध सहित ७० वटा सहकारी संस्था संचालनमा रहेका छन् , नगर सहकारी शाखा प्रमुख चौधरीले बताउनु भयो ।सो अवसरमा उपमहानगरपालिका भित्रका केही उत्कृष्ट सहकारीलाई सम्मान गरिने छ । उक्त दिन पालिका भरीका सहकारीहरुलाई सार्वजनिक विदा दिन अपिल गर्ने समेत निर्णय भएको उँहाँले बताउनु भयो ।