सामुदायिक बिद्यालयबाट बालबालिकाको उज्जवल भबिष्य सम्भव छ ःशिक्षामन्त्री जैसवाल

रञ्जन यादब /बारा

सामुदायिक बिद्यालयबाट प्रत्येक बालबालिकाको उज्ज्वल भविष्यको निर्माण सम्भव रहेको मधेस प्रदेस सरकारका नव नियुक्त शिक्षा तथा सँस्कृती मन्त्री प्रमोद कुमार जैसवालले बताएका छन् । नेपाल सितोरियो कराते जीतपुरले बाराको जीतपुरमा आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा शिक्षा मन्त्री जैसवालले यस्तो बताएका हुन् ।

  

उनले सामुदायिक बिद्यालयमा संघ ,प्रदेश र स्थानीय सरकारको प्रशस्त लगानी भएपनि सोचे अनुसार प्रतिफल आउँन नसकेको प्रती दुखेसो ब्यक्त गरे । अहिले पनि हाम्रो समाजमा सामुदायिक बिद्यालयमा राम्रो पढाई हुँदैन् भन्ने एक किसिमको भ्रम रहेको बताए । सबै साथ र सहयोले आफुले पाएको जिम्मेवारी ईमान्दारीता र कर्तब्यनिष्ठ भएर पुरा गर्ने मन्त्री जैसवालल प्रतिबद्धता जनाएका छन् ।

मधेस प्रदेस सरकारका शिक्षा तथा सँस्कृती मन्त्री जैसवाललाई भब्य स्वागत गरिएको थियो । नेपाल सितोरियो कराते शाखा जीतपुरका प्रशिक्षक मनोज कुमार शाहले मायाको चिनो प्रदान गरी शिक्ष मन्त्री जैसवाललाई स्वागत गरेका थिए । पर्सा ३ (क) बाट स्वतन्त्र उम्मेदवारको रुपमा जितेका जैसवाल गत शनिबार नेकपा एमालेको तर्फबाट मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री बनेका हुन् ।