hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetBetsalvador Girişcasibom

होलीमा नियमविपरीत चल्ने १ सय ९२ वटा सवारी कारबाहीमा

रञ्जन यादब /बारा

होलि पर्बलाई लक्षित गरी बाराको विभिन्न स्थानमा प्रहरीले गरेको विशेष चेकिङको क्रममा १ सय ९२ वटा सवारी साधनलाई कार्बाही गरेको छ ।फागु पुर्णिमा (होली) को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष सुरक्षा योजना अनुसार परिचालित प्रहरी जनशक्तिद्वारा शान्ति सुरक्षा प्रयोजनार्थ विभिन्न स्थानमा चेकिङ तथा अन्य प्रहरी कार्य सञ्चालन गरिएको थियोे ।

सोही क्रममा जिल्लाका विभिन्न स्थानबाट १ सय ९२ वटा सवारी साधनहरू नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नियन्त्रणमा लिएका मध्य १ सय ७५ वाट कारवाही गरी करिब एक लाख पैतालिस हजार रूपैया जरिवाना असुलउपर गरी छाडिएको प्रहरीले जनाएको छ ।

यसैगरी होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई १८ जना व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका हुन् । होली पर्व मनाउने बहानामा मोटसाइकलमा तिनजना चढ्ने, हेलमेट नलगाउने, तिव्रगतीमा सवारी साधन चलाउने, सवारी चालक अनुमतीपत्र साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उलंघन गर्नेलाई कार्बाही गरेको थियो ।