hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisBahibomenbetqqmamibetjojobetjojobetjojobet girişjojobet güncel girişpincojojobet giriş

नेपालका भूकम्पपीडितलाई इयूले २८ करोड ८० लाख सहायता दिने

काठमाडौँ,कात्तिक ३०-

युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहयोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ। इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।

आवास, शुद्ध पेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको काठमाडौँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ।

अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ। युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो।