hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltnakitbahisholiganbetjojobet

आठ जिल्लामा ‘अति भारी’ वर्षा, बाढी पहिरोबाट बच्न ‘अलर्ट’ जारी

काठमाडौं, असार १९–

स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपासका बासिन्दालाई बाढी, पहिरोबाट बच्न बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ।

महाशाखाले आज बिहान सूचना जारी गरी स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ र आसपास अति भारी वर्षा भएको जानकारी गराउँदै ती क्षेत्रमा बाढी, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

‘उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढीका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम, दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाऔँ’, सूचनामा भनिएको छ।