hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisSweet bonanzaenbetqqmamibetjojobet girişjojobet girişjojobet girişjojobetpincojojobet giriş

बारा सहिँत देशभर मनाईयो २०औं राष्ट्रिय धान दिवस

बारा, असार १५ गते

बारा जिल्लासहिँत देशभर आज २० औं राष्ट्रिय धान दिवस मनाईएको धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौंभन्ने नाराका साथदेशभर राष्ट्रिय धान दिवस मनाईएको हो

दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रमको आयोजना गरिएको गत वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्तराष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरे पछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार वि.सं २०६२असार १५ गते देखि राष्ट्रिय धान दिवस मनाउँन सुरु गरिएको हो

असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आजको दिनमा धान रोप्ने चलन असार १५ लाई नेपाली समाजमा दहीचिउरा खाने पर्वका रूपमा पनि लिइन्छ कृषि सहिँत सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दही चिउरा खाएर असार १५मनाएका छन्

औपचारिक रूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघि देखि नैं नेपालमा असार १५ गते दही चिउरा खाने चलनचल्दै आएको थियो

सोही अवसरमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर जीतपुर पहाडी टोल स्थित लालबाबु प्रसाद साह कलवारकोनिजी खेतमा धान रोपाईं कार्यक्रमको आयोजना गरिएको थियो

असार १५ को अवसरमा आयोजना गरिएको धान रोपाईं कार्यक्रममा उपमहानगरमा पर्ने शहिद स्मारक ईङ्गलिस बोर्डिङ स्कुल जीतपुर श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत सयौको संख्यामा छात्रछात्रा तथा शिक्षकहरूको उत्साह जनक सहभागिता रहेको  थियो

कार्यक्रममा छात्रछात्रा शिक्षकहरू तथा स्थानीयहरूले धान रोपाईं गरेपछि असार १५ गते खाने मुख्य भोजन दही चिउरा ग्रहण गरेकाथिए

जीतपुरसिमरासहित बाराका विभिन्न स्थानमा धान रोपाइँ कार्यक्रमको आयोना गरिएको थियो स्कुल, राजनितिक पार्टी, संघ संस्था, स्थानिय क्लब लगायत विभिन्न संस्थाहरूले बाराभर असार १५ लाई धान दिवसको रूपमा मनाएका छन्