शरणार्थी प्रकरणको पृष्ठभूमि सँगै कस्ले के क्रियाकलाप गरे म जेठ चारको संसदमा भन्छुः ओली

काठमाडौं, वैशाख २८-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे संसदमा सत्य कुरा बोल्ने बताएका छन् । केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले आगामी जेठ चार गते संसदमा भुटानी शरणार्थी प्रकरणबारे पृष्ठभूमि र कसको के क्रियाकलाप थियो भन्ने जानकारी आफूलाई भएको ओलीले बताए ।

२०/२२ दिनसम्म बयान लिएर पनि रोकिएको सूचना आफूलाई भएको भन्दै ओलीले त्यसलाई रोक्न खोज्दा खोज्दै पनि नसकेपछि बल्ल अनुसन्धान प्रक्रिया अघि बढेको दाबी गरे ।

‘सत्य कुरा छानबिन नगरी अहिले राजनीतिक फण्डा गर्न खोजिएको छ,’ ओलीले भने, ‘आफ्ना कार्यकर्ताहरुलाई परिचालन गरेर मेरो भ्रष्टाचारविरुद्ध लडाइँ नयाँ उचाइमा पुगेको भनेर गफ दिन खोजिएको छ ।’