सिराहमा हात्तीको आक्रमणबाट एकको मृत्यु

सिरहा, वैशाख २ गते ।

सिरहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।हिजो शुक्रबार जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर ३ बस्ने ७४ वर्षीय तुलबहादुर आलेमगरको घरनजिकै हात्तीले आक्रमण गर्दा मृत्यु भएको हो ।

छिमेकी हर्कमान राईसहित चार जना राति साढे १० बजे नाच हेर्नका लागि घरबाहिर निस्केका थिए । घरबाट निस्केलगत्तै गाउँमा पसेको जंगली हात्तीले उनीहरूमाथि आक्रमण गरेको थियो ।

तीन जना भागेर ज्यान जोगाउन सफल भएका थिए तर उनी भाग्न सकेनन् । यसैगरी हात्तीले स्थानिय विजय पासवान, सानो पासवान र टोकन पासवानको घर पनि भत्काएको छ ।