पर्सामा फेला परेको गिद्ध वृडिङ सेन्टरको, गिद्धको गतिविधि हेर्न जडान गरिन्छ विद्युतीय यन्त्र

बारा, चैत्र ३० गते ।

पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका-२५ मा फेला परेको गिद्ध वृडिङ सेन्टरको भएको खुलेको छ । गिद्धको गतिविधि हेर्न गिद्धको शरिरमा विद्युतीय यन्त्र जडान गरिन्छ ।

निकुञ्जको अनुसार गिद्ध कहाँ गयो, कसरी जीवन बिदाउदै छ, कति उचाइमा उडेको लगायतको गतिविधि रेकर्डको लागि गिद्धको शरिरमा उपकरण जडान गरिएको हुन्छ ।

विरगञ्ज-२५ मा गिद्ध (चिल) को शरीरमा विद्युतीय उपकरण रहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको गिद्ध नेपालको एक वृडिङ सेन्टरको रहेको स्रोतले जनाएको छ ।

घटनास्थलबाट प्रहरीले उक्त गिद्धलाई आफ्नो नियन्त्रणमा लिइ जिल्ला वन कार्यालय पर्सामा पठाएको थियो । वनले उक्त गिद्धलाई पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने तयारी गरेको छ ।