काठमाडौँ, २८ चैत ।
मंगलबार सेयर बजार परिसूचक नेप्सेमा २७ अंकमाथिको वृद्धि भएको छ ।अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले रेमिट्यान्स बढेको, १५ प्रतिशतले विदेशी मुद्राको सञ्चिति बढेको त समीक्षा अवधिमा शोधानान्तर स्थिति १ खर्ब ४८ अर्बले बचतमा देखाएको छ ।
यसैदिन नेप्सेमा २७.३१ अंकले बढेर १८ सय ७१.३३ अंकको विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ५.७९ प्रतिशतले बढेर ३५५.४५ अंकको विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
आज १३ वटै उपसूचकहरू धनात्मक हुँदै सेयर बजारमा नै हरियाली छाएको छ । म्यानु एण्ड प्रो समूहको उपसूचक ३.२८ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक २.४३ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.३५ प्रतिशतले, हाइड्रोपावर समूहको उपसूचक १.५७ प्रतिशतले बढेको छ । यस्तै, बैंकिङ समूहको उपसूचक १.४१ प्रतिशतले, होटल तथा पर्यटन समूहको उपसूचक १.६८ प्रतिशतले बढेको छ ।
आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सानिमा मिडल तमोर हाइड्रोपावरको सेयर मूल्य आज ३.५४ प्रतिशतले घट्न पुगेको छ ।