जनकपुरमा १२४ किलो गाँजासहित एकजना पक्राउ

जनकपुरधाम, चैत्र २५ गते ।

जनकपुरधामबाट १२४ किलो गाँजासहित एकजनालाई पक्राउ परेका छन् ।  मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको हो ।

जनकपुरधामबाट खटेको प्रहरी टोलीले जनकपुरधाम–ढल्केवर सडकखण्ड अन्तर्गत लक्ष्मिनीयाँ चोकबाट गाँजासहित एकजनालाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

पक्राउ पर्नेमा ना ७ ख ४२५१ नम्बरको ट्रकका चालक हेटौंडाको मकवानपुर–८ मनहरी बस्ने शन्तबिर दोङ रहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख जनक भट्टराईले जानकारी दिए ।

मकवानपुरबाट भारत पठाउनका लागि ट्रकमा वेल्डिङ्ग गरेर गाँजा लोड गरी ल्याइरहेको अवस्थामा गोप्य सूचनाको आधारमा दोङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।