बारा, फागुन १० गते ।
बारामा फागुन १२ गते देखि जिल्ला स्तरीय ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरको शान्ति टोल खेलमैदानमा ७औं नेपाल सितोरियो कराते प्रतियोगिता संचालन हुने छ ।
नेपाल सितोरियो कराते शाखा डोजो जीतपुरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता फागुन १२ गते सुरु हुने र १३ गते समापन हुने जनाएको छ ।प्रतियोगिताको अनुमानित खर्च ४ लाख ३५ हजार ५ सय रुपैयाँ रहेको नेपाल सितोरियो कराते शाखा डोजोले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा जनाएको छ ।
जिल्ला स्तरीय ७औं सितोरियो कराते प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार , दृतिय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको साथ् साथै मेडल र सिल समेत प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । ७औं सितोरियो कराते प्रतियोगितामा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय जीतपुर , जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ७ कार्यालय जीतपुर , बाबा हार्डवेयर जीतपुर, आरभ ट्रेडिङ्ग जीतपुर , राजा स्क्रीन प्रिन्टिंग जीतपुर लगाएतका संस्थाले प्रतियोगितामा सहयोग गरेका छन्।