पर्सा, माघ १३ गते ।
पर्सा प्रहरीले बिलबिजक भन्दा बढी मालसामान लिएर काठमाडौं जादै गरेको गाडी नियन्त्रणमा लिएको छ ।वीरगञ्जबाट मेडिकल सामाग्री र हार्डवेयरको सामान लोड गरेर काठमाडौ जादै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले एउटा ट्रक र पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरीले बताएको हो ।
वीरगञ्ज महानगरपालिका-१६ स्थित रेल्वे सडक खण्डबाट ना ३ ख ७७१३ नम्बरको ट्रक र विआर ०५ जिए ९०४२ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्दा बिलविजकमा भएको भन्दा बढी सामान देखिएकोले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताए ।
पक्राउ परेका ट्रकको मूल्य ५९ लाख १८ हजार र पिकअप गाडीमा भएको मेडिकल र हार्डवेयर सामान समेत अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको पर्सा प्रहरीले बताएको छ ।