बोरिङको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु

सर्लाही, माघ १३ गते ।

सर्लाहीमा पानीमा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर मृत्यु भएको हो।

घरबाट करिब ५ सय मिटर दक्षिणमा रहेको खेतमा बोरिङबाट निकालेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।