संसद् भवनअगाडि एक व्यक्तिले आफैँलाई आगो लगाए

काठमाडौँ, माघ १० गते ।

बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक व्यक्तिले मंगलबार आफैँलाई आगो लगाएका छन् । अन्दाजी ४० वर्षका पुरूषले आफैँले झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ खन्याएर उनले शरीरमा आगो लगाएका हुन् ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उनको नाम प्रेमप्रसाद आचार्य र घर इलाम हो । जल्दै गरेको अवस्थामा उनलाई उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।