बाजुरा केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युडको भूकम्प, घरहरु भत्किए

बाजुरा, माघ १०–

आज (मंगलबार) दिउँसो बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित चितवनमा समेत महसुस भएको छ। भूकम्पको धक्का भारतीय राजधानी नयाँदिल्लीसम्म महशुस भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

सो भूकम्पले बाजुराका केही घरहरु भत्किएको स्थानीयले बताएका छन् । भूकम्प प्रश्चात टेलिफोन सेवामा समेत समस्या उत्पन्न भएको छ । भूकम्पका कारण मानवीय क्षति बारे अझै जानकारी आएको छैन । थप विवरणहरु आउन बाँकी छ ।