रञ्जन यादब /बारा २५ असार
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ स्थित ईनर्वासिरामा बिहीबार साँझ एक अज्ञात युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार बिहीबार अपराह्न करिब ४ः३० बजे अन्दाजी २४।२५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका हुन्। हालसम्म मृतकको नाम, थर, ठेगाना तथा परिचय खुल्न नसकेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिए ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। शवको पहिचान खुल्न नसकेपछि प्रहरीले मृतकलाई चिन्नुहुने वा उनका आफन्तबारे जानकारी हुने व्यक्तिलाई तत्काल इलाका प्रहरी कार्यालय सिमरा, बारामा सम्पर्क गर्न अनुरोध गरेको छ।प्रहरीले मृतकको पहिचान खुलाउने तथा घटनाको वास्तविक कारण पत्ता लगाउने कार्य भइरहेको जनाएको छ।




