रञ्जन यादब /बारा
जीतपुरसिमरा नगरउद्योग वाणिज्य संघद्वारा आयोजित होली मिलन समारोह २०८१ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ ।समारोहमा महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, मधेश प्रदेश अध्यक्ष अशोक कुमार टेमानी, केन्द्रीय कार्यकारिणी सदस्य डा. सुबोध कुमार गुप्ता, प्रदेशका निवर्तमान अध्यक्ष गणेश कुमार लाठ, पदाधिकारी सदस्यहरू, सल्लाहकारहरू, बस्तुगत समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता जीतपुरसिमरा नगर उद्योग बाणिज्य महासंघका अध्यक्ष मोहन शर्मा लामिछानेले गरेका थिए । उपस्थित सबैले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै उत्साहपूर्वक सहभागिता जनाए ।जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले यस किसिमका कार्यक्रमहरू सामाजिक तथा व्यावसायिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण रहने बिश्वास लिएको छ ।