hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

घण्टीमाई साकोसले ४७ जनाको मोतियाबिन्दुको बिरामीको शल्यक्रिया गरायो

रञ्जन यादब /बारा

घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि. औराहाले ४७ जना मोतियाबिन्दुको बिरामीहरुको निशुल्क सल्क्रिया गराएको छ ।जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ को समन्वय तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा घण्टीमाई बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भएको शिबिरमा मोतियाबिन्दु देखा परेका बिरामीहरुको निशुल्क शल्क्रिया गरिएको हो ।

शिविरमा कुल २२७ जनाले आँखा परीक्षण गराएका थिए, जसमा ४७ जनामा मोतियाबिन्दु देखिएको संस्थाका अध्यक्ष कोपिला सिम्खडाले बताईन् । ती बिरामीहरूको निशुल्क शल्यक्रिया औराहा स्थित नेपाल आँखा अस्पताल त्रिपुरेश्वरद्धारा सञ्चालित छेनाहरी फतमा आँखा उपचार केन्द्रमा सल्क्रिया गरिएको छ ।

यस कार्यक्रमले आर्थिक अभावका कारण उपचार गर्न नसकेका व्यक्तिहरूलाई राहत मिलेको र आँखाको स्वास्थ्यप्रति समुदायलाई सचेत गराएको आयोजक संस्थाका सुचना अधिकारी अस्मिता शर्माले जानकारी दिईन् ।