जनपक्षीय पत्रकार कृष्ण सेन इच्छुकको २३औं स्मृति दिवस बारामा मनाइयो

बारा १३ जेठ बाराको कलैया स्थित भरत चोकमा मा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाराले जनपक्षीय पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको २३औं स्मृति दिवस दीप प्रज्वलन गर्दै मनाएको छ ।जिल्ला अध्यक्ष रञ्जन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस सेन्टर नेपालमा आबद्ध पत्रकार, साहित्यकार, मानव अधिकारकर्मी तथा अन्य सहभागीहरूले इच्छुकको योगदानमाथि चर्चा परिचर्चा गरेका थिए। … Read more

पर्सामा अवैध काठसहित एक व्यक्ति पक्राउ, ३० क्युफिट काठ बरामद

रञ्जन यादब /पर्सा पर्साको विभिन्न स्थानमा डिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले अवैध रूपमा ओसारपसार गरिएको काठसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ। डिभिजन बन कार्यालय पर्साले जानकारी दिएअनुसार, डिभिजन बन कार्यालय अन्तर्गत सब डिभिजन बन कार्यालय सबैयाबाट रेञ्जर भुपाल रोकायको नेतृत्वमा गएको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका–३२ स्थित सोलखपुरबाट ५ थान साइकलबाट ओसार्दै गरेको … Read more

जीतपुरसिमरामा चालक र सहचालकसँग एक मिनेट कार्यक्रमु सम्पन्न

रञ्जन यादब / जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा सड्क सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको पाँचौँ दिन विशेष कार्यक्रम सम्पन्न गरिएको छ। पथलैयामा आयोजित कार्यक्रममा गाडीका चालक र सहचालकहरूसँग ‘एक मिनेट कार्यक्रम’ सञ्चालन गरिएको हो। कार्यक्रमको उद्देश्य सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने र चालक तथा सहचालकलाई उत्तरदायी बनाउने रहेको आयोजक संस्थाका अधिकृत तथा कार्यक्रम संयोजक पुष्पा सिँहले जानकारी दिईन् … Read more

कुशमाडिमा ६० बिघा जमिन सिंचाइ हुने डिप बोरिङ आयोजना संचालनमा ,नगर प्रमुख पौडेलले गरे उद्घाटन

रञ्जन यादब /बारा बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ कुशमाडी सरयमा मा शनिबारबाट एक महत्वपूर्ण सिंचाइ आयोजना संचालनमा आएको छ । करिब ८५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको डिप बोरिङ प्रणाली आजदेखि सञ्चालनमा ल्याइएको हो। उक्त आयोजना सञ्चालनमा आएसँगै करिब ६० बिघा जमिनमा सिंचाइ सुविधा उपलब्ध हुने वडा अध्यक्ष चतुरबाबु वाग्लेले जानकारी दिए । डिप बोरिङकोलागि … Read more

सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताह अन्तर्गत सिमरामा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाले सिमरामा आयोजना गरेको स्वास्थ्य परीक्षण तथा खुला रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिमरा उपशाखाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, वीरगञ्जको प्राविधिक सहकार्यमा ५१ जनाले रक्तदान गरेको उपमहानगरपालिको बाताबरण तथा बिपत ब्यवस्थापन शाखा प्रमुख … Read more

नेरा मा.बि. औराहाको अभिभावक भेला सम्पन्न, नयाँ विद्यालय व्यवस्थापन समिति गठन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, औराहामा अभिभावक भेला सम्पन्न भएको छ। भेलाले दुर्गा बहादुर लामिछाने खत्रीको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। नवनिर्वाचित समितिमा अभिभावक प्रतिनिधिको रूपमा रञ्जिता चौधरी, चेत कुमारी गौतम र सदरुल नेसा चयन भएका छन्। त्यस्तै, शिक्षक–अभिभावक संघको अध्यक्षमा गोमा वाग्ले चयन हुनुभएको … Read more

बाघ संरक्षण घुम्ति अभिमुखिकरण शिबिर कोल्भीमा सम्पन्न

रञ्जन यादब /बारा बाराको कोल्भीमा डिभिजन वन कार्यालय बाराको आयोजनामा बाघ संरक्षण सम्बन्धी घुम्ती अभिमुखिकरण शिबिर सम्पन्न भएको छ। शिबिरमा बाघको परिचय, मानिसमाथि बाघले आक्रमण गर्नुका कारण, बाघको महत्व, बाघ र मानिसबीच हुने द्वन्द्वका कारण तथा बाघका विशेषतासम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो । कार्यक्रमको उद्देश्य समुदायमा बाघप्रति सकारात्मक सोच विकास गर्नु र मानव र … Read more

चार थान अबैध चौकस सहित एक जना पक्राउ

रञ्जन यादब /पर्सा पर्साको लक्ष्मीपुरबाट चार थान अबैध चौकस सहित एक जना ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ स्थित घर भएका परदेशी गौरो रहेका छन् । बरामद चौकस काठ २.१५ क्युफिटको रहेको रङ्गपुर सब डिभिजन बन कार्यालयका छैठो तह अधिकृत उज्जवल यादबले जानकारी दिए । काँधमा चौकस … Read more

अन्तराष्ट्रिय जैविक विविधता दिवसमा पताल गङ्गा सिमसार क्षेत्रमा सरसफाइ

रञ्जन यादब /बारा अन्तराष्ट्रिय जैविक विविधता दिवस २०८२ को अवसरमा डिभिजन वन कार्यालय बाराले विशेष सरसफाइ कार्यक्रमको आयोजना गरेको छ। प्रकृति र दिगो विकास, समृद्धिको मूल आधारू भन्ने नाराका साथ आयोजित कार्यक्रममा बाराको कोल्भी नगरपालिका वडा नं.२ स्थित पताल गङ्गा सिमसार क्षेत्र वरपरका झाडी तथा सिमसार भित्र थुपरिएर बसेको माटो ,बालुवा तथा फोहोरमैला सफा भईरहेको … Read more

सडक सुरक्षा र ट्राफिक जनचेतनामा सड्क सुरक्षा बोर्ड जडान

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकामा सडक सुरक्षा तथा ट्राफिक जनचेतना सप्ताहको दोस्रो दिन विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ। सो अवसरमा सडक सुरक्षा सम्बन्धी जानकारी समेटिएको सूचना बोर्ड जडान गरिएको हो ।सडक डिभिजन कार्यालय हेटौंडाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा परवानीपुरदेखि चुरियामाईसम्मका स्थानहरूमा ट्राफिक नियम र सडक सुरक्षासम्बन्धी बोर्डहरू जडान गरिएको थियो। नगर प्रमुख राजन पौडेल, उप–प्रमुख … Read more