रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरास्थित जगदम्बा स्टिल्सको भट्टी विस्फोटले सिंगो सहर त्रसित बनाइरहेको बेला प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् ।
२०८२ असार १८ गते राति भएको उक्त विस्फोटलाई ‘त्रासदीपूर्ण’ भन्दै सांसद श्रेष्ठले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् । घटनाको मूल कारण सार्वजनिक गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।सहरको बीचमा प्रदूषण र जोखिमयुक्त उद्योग सञ्चालन हुनु दुःखद भएको भन्दै सांसद श्रेष्ठले स्टिल्स उद्योगले विस्तारका क्रममा स्थानीय तह तथा समुदायसँग कुनै समन्वय नगरी काम गरिरहनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।
उनले जगदम्बा स्टिल्सले लामो समयदेखि सिमराको वातावरणमा पार्दै आएको नकारात्मक प्रभाव र जनस्वास्थ्यमा परेको असरलाई मध्यनजर गर्दै स्थानीय, प्रदेश तथा संघ सरकारलाई तत्काल आवश्यक कदम चाल्न आग्रह गरेका छन् ।विस्फोट भएको भट्टी पुनः सञ्चालन गर्न भइरहेका प्रयासलाई तत्काल रोक्न स्थानीय सरकार र प्रशासनलाई आग्रह गर्दै सांसद श्रेष्ठले सहरको बीचमा रहेका यस्ता प्रदूषणयुक्त तथा जोखिमपूर्ण उद्योगलाई स्थानान्तरण गर्न नीति, कार्ययोजना र कानुनी प्रक्रिया अघि बढाउन जोड दिएका छिन