रञ्जन यादब /बारा
बाराको विश्रामपुर गाउँपालिका वडा नं. ५ स्थित नकटुवा टोलको ब्रहमबाबा मन्दिर परिसरमा प्रगतिशील कृषि सहकारी संस्था लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ।
कार्यक्रम संस्थाका अध्यक्ष उपेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको हो ।उद्घाटन कार्यक्रममा प्रसौनी गाउँपालिका अध्यक्ष बिनोद जैसवार, विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुट्टो, मधेस प्रदेश एमाले कमिटी सदस्य धर्मदेव यादव, माओवादी केन्द्र विश्रामपुर अध्यक्ष लवकुश बैठा, एमाले विश्रामपुर अध्यक्ष मनिर देवान, श्री नेपाल आधारभूत लक्ष्मी नारायण विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णा सार, वडा नं. ५ का वडा अध्यक्ष अमिरीलाल गुप्ता, वडा नं. २ का वडा सदस्य मन्जुर मिया लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा विश्रामपुर गाउँपालिकाकी कार्यपालिका सदस्य रागिनी देवीले टोलका जेष्ठ महिला नागरिकहरूलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेकी थिइन्।सहकारी संस्था सन् २०७८ सालको श्रावण महिनादेखि अनौपचारिक रूपमा सञ्चालनमा रहेकामा अब कानुनी प्रक्रिया पूरा गरी औपचारिक रूपमा उद्घाटन गरिएको हो। हालसम्म १२४ जना सदस्य रहेको यस संस्थामा करिब ५० लाख रुपैयाँ बराबरको पुँजी संकलन भइसकेको छ।उद्घाटन कार्यक्रममा उपस्थित अतिथिहरूले संस्थाको सफलताको कामना गर्दै सहकारीले कृषकहरूको हितमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा हालै सार्वजनिक भएको क्भ्भ् नतिजा कमजोर भएको विषयमा पनि गम्भीर चिन्ता व्यक्त गरिएको थियो। यस सन्दर्भमा गाउँपालिका अध्यक्ष भुट्टोले शिक्षामा सुधारका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।प्रमुख अतिथि बिनोद जैसवारले सहकारीको सफलताको शुभकामना दिँदै मलखाद आपूर्ति स्थानीय तहको अधिकार क्षेत्रबाहिर भएको कारण आवश्यकता अनुसार मलखाद उपलब्ध गराउन नसकेको स्पष्ट पार्नुभयो। साथै, सहकारीले अर्गानिक उत्पादन, बाली उत्पादन, सिँचाइ, कृषि उपजको बिक्री–खरिद, बजार व्यवस्थापन, कृषि सामग्रीको भण्डारण तथा डिपार्टमेन्ट स्टोर सञ्चालनमा सहयोग गर्ने अपेक्षा व्यक्त गर्नुभयो।कार्यक्रम सम्पूर्ण रूपमा उत्साहपूर्वक सम्पन्न भएको थियो।