hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomonwinbettiltbetciojojobetholiganbet

हातहतियारसहित मिटर ब्याजी पक्राउ

वीरगञ्ज, २२ माघ । जनकपुरधामबाट हातहतियारसहित एकजना मिटरव्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका थिए । शनिबार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप … Read more

चार लाख नेपाली नक्कली नोटसहित मधेशमा दुईजना पक्राउ

मधेश, माघ २२ गते । चार लाख ३५ हजार नेपाली नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले शनिबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका–१९ का ३० वर्षीय मोहम्मद ओसिन र लहान–१० का २२ वर्षीय मोहम्मद राज शेख छन् । लहान–८ स्थित पशुपति माध्यमिक विद्यालयनजिकको रोडबाट … Read more

हिरासतकक्ष फोडेर भागे ६ जना थुनुवा

जनकपुर,१६ माघ । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर ६ जना थुनुवा भागेका छन् । हिरासतकक्ष फोडेर गएराति करिब १ बजेदेखि ३ बजेसम्ममा उनीहरू भागेका हुन् । भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए । भागेका … Read more

पर्सामा ट्याक्टरले ठक्कर दिएर एक युवकको मृत्यु

पर्सा, माघ १४ गते । पर्सामा ट्याक्टरले ठक्कर दिएर एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको हो । हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ७ बजे दुर्घटनामा परेको थियो । सुवर्णपुरबाट जिराभवानी जाँदै गरेको ट्याक्टरबाट … Read more

१४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक युवक पक्राउ

जनकपुर, १४ माघ । सिरहामा एक किशोरीलाई सामूहिक बलात्कार भएको छ । सिरहा नगरपालिका – २२ की १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको हो । बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २३ वर्षीय सरोज कुमार यादव भने फरार भएको जिल्ला प्रहरी … Read more

मधेस प्रदेशका कृषिमन्त्री कुशवाहाले गरे किसान कार्ड लागु गर्ने घोषणा

बारा, माघ १३ गते । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले किसान कार्ड लागु गर्ने घोषणा गर्नु भएको हो । मन्त्री कुशवाहाले किसानहरुको मलखादको समस्या समाधानका लागि पनि कार्यक्रम ल्याउने बताउनु भएको छ । सिके … Read more

बोरिङको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु

सर्लाही, माघ १३ गते । सर्लाहीमा पानीमा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर मृत्यु भएको हो। घरबाट करिब ५ सय मिटर दक्षिणमा रहेको खेतमा बोरिङबाट निकालेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला … Read more

पर्सा प्रहरीद्वारा बिलबिजक भन्दा बढी मालसामान लोड गरेको दुईवटा गाडी नियन्त्रणमा

पर्सा, माघ १३ गते । पर्सा प्रहरीले बिलबिजक भन्दा बढी मालसामान लिएर काठमाडौं जादै गरेको गाडी नियन्त्रणमा लिएको छ ।वीरगञ्जबाट मेडिकल सामाग्री र हार्डवेयरको सामान लोड गरेर काठमाडौ जादै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले एउटा ट्रक र पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरीले बताएको हो । वीरगञ्ज महानगरपालिका-१६ स्थित रेल्वे सडक … Read more

बारा प्रहरीले बिभिन्न मुद्दाका फरार ३३२ जनालाई एकै दिनमा गर्यो पक्राउ

बारा, माघ ११ गते । बिभिन्न मुद्दामा फरार रहेका ३३२ जनालाई बारा प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले बिभिन्न मुद्दाका ३३२ जना फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट एकै दिन पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउने … Read more

बलात्कार आरोपी निजगढका वडाध्यक्ष पुर्पक्षको लागि थुनामा

बारा, माघ ११ गते । किशोरीलाई बलात्कार गरेको आरोपमा बाराको निजगढका एक वडाध्यक्ष लाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नगरपालिका – २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशानुसार प्रहरीले श्रेष्ठलाई विरगञ्ज कारागार चलान गरेको छ … Read more