मधेस प्रदेशका कृषिमन्त्री कुशवाहाले गरे किसान कार्ड लागु गर्ने घोषणा

बारा, माघ १३ गते ।

मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहाले किसान कार्ड लागु गर्ने घोषणा गर्नु भएको हो ।

मन्त्री कुशवाहाले किसानहरुको मलखादको समस्या समाधानका लागि पनि कार्यक्रम ल्याउने बताउनु भएको छ । सिके राउत नेत्रित्व जनमत पार्टीले किसानका समस्या समाधानको माग राखेर किसान आन्दोलन गर्दै आएको थियो । पदभार ग्रहण गरे लगत्तै उनले आफूहरुले अघि सारेको माग पत्र देखाउँदै आफूहरुले जे माग राखेर आन्दोलन गरेको हो तिनै माग पूरा गर्ने बताएका छन् ।

मन्त्री कुशवाहले उखु किसानका माग पूरा गर्नका लागि मूल्य निर्धारण भएका कागजात अध्ययन गरेर कारबाही प्रक्रिया अघि बढाउने बताए । मधेस प्रदेशमा आफूहरुले कृषि र सामाजिक विकास मन्त्रालयमा दाबी गरेको पनि उनले बताए ।