इजरायलमा नेपालीको मृत्यु भएको शोकमा रास्वपाले रद्द गर्‍यो आजका पूर्वनिर्धारित कार्यक्रम

काठमाडौं,असोज २२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजका लागि तय गरिएका सबै कार्यक्रमहरू रद्द गरेको छ । शनिबारको आतंककारी आक्रमणबाट इजरायलमा १० जना नेपालीको मृत्यु भएको शोकमा रास्वपाले पूर्वनिर्धारित पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरेको हो । शोकको यो दुःखद घडीमा सोमबारका लागि तय भएका पार्टीका सबै औपचारिक कार्यक्रमहरू रद्द गरिएको जानकारी गराउँदछु, रास्वपाका सभापति रवि … Read more

प्रचण्डजी चीन भ्रमण सन्चै जानु भयो सन्चै आउनु भयो अरू प्रगति केही भएको छैनः ओली

विराटनगर, असोज १७- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले कोशी प्रदेशमा मिलेर अगाडि बढ्न दललाई आग्रह गरेका हुन् । उनले मध्यावधि गए अरू दलको सिट घट्ने पनि बताए । ‘अहिले हामीले ४० सिट जितेका छौँ उनले भने अब … Read more

राजनीतिक नेतृत्वले धोका दिएको जनताले महसुस गरेका छन्ः रवि लामिछाने

काठमाडौँ, असोज ३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको शीर्ष नेतृत्व जनताको अवस्था परिवर्तन गर्न चुकेको बताएका छन् । सभापति लामिछानेले मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको बताएका हुन् । बुधबार रोल्पा पुगेका सभापति लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत जनताले राजनीतिक नेतृत्वले धोका दिएको महसुस … Read more

एमालेको मधेस प्रदेश अधिवेशन सर्‍यो

भाद्र १९ गते । काठमाडौँ– नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ। तयारी पुरा नभएपछि आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो। नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो। मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको प्रदेश इन्चार्ज … Read more

ललिता निवास प्रकरणः सीआईबीलाई बाबुराम भट्टराईले दिए बयान

काठमाडौं,भदौ ४- पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा बयान दिएका छन्। डाक्टर भट्टराईले सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबिलाई बताएको उल्लेख गरेका छन्। उनले सिआईबिलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका हुन्। … Read more

तीन ठूला दलको बार्गेनिङको कारणले संसद बन्धक बनाउन पाइदैनः रवि लामिछानेले

काठमाडौं,साउन २३- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले तीन ठूला दलका शीर्ष नेताहरुले संसद बन्धक बनाएको आरोप लगाएका हुन् । उनले अब तोकिएको समयमै सदन बस्छ भनेर रुलिङ गर्न सभामुखसँग माग गरे । उनले भने, ‘तीन जना नेताहरु … Read more

नेकपा (एस)सहित ५१ दल आयोगको कारबाहीमा, ३९ लाई जरिवाना

काठमाडौं, साउन २– निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ। आयोगको कारबाहीमा पर्नेमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन्। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको सोमबार बसेको बैठकले … Read more

नेकपा एसले पार्टी छाडेर गएकाको ठाउँमा नयाँलाई ल्याउने

काठमाडौं, असार २९- कीर्तिपुरस्थित पुष्पलाल स्मृति भवनमा नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरण अभियानको समीक्षा, समसामयिक राजनीतिक परिवेश र भावी रणनीतिबारे छलफल भएको छ । पार्टी छाडेर गएका नेताहरूको ठाउँमा नयाँलाई जिम्मेवारी दिनबारे पनि छलफल हुने बताइन्छ । नेकपा एस … Read more

अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए संसद् चल्न दिँदैनौंः रवि लामिछाने

काठमाडौँ, असार २९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को बैठकमा मिटरब्याजसम्बन्धी विधेयक नल्याए सदन अवरूद्ध गर्ने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सरकारमै रहेका केही दलको स्वार्थका कारण आज विधेयक नल्याइएको पनि बताए। ‘यसभन्दा अगाडिको बैठकमा सुनियो, मिटरब्याजको अध्यादेश शून्यमा गयो। प्रतिस्थापन विधेयकमार्फत अघि बढ्न सक्थ्यो भन्ने चर्चा चल्यो। प्रतिपक्षीहरू … Read more

केपी ओलीले भने: एमाले २०८४ मा एक्लै बहुमत ल्याउने मिसनमा छ

काठमाडौँ, असार २६ प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताएका छन् । कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भइरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाएका हुन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको … Read more