hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

१ हजार १ सय रुपैयाँले घट्यो सुनको मुल्य

बारा, माघ १३ गते । हिजो भाउ बढेर अहिलेसम्मकै महँगो भएको सुनको भाउ आज १ हजार १ सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा १ लाख ५ हजार ८ सय रुपैयाँ छ । हिजो तोलामा १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय … Read more

बोरिङको पानीमा डुबेर सर्लाहीमा एक जनाको मृत्यु

सर्लाही, माघ १३ गते । सर्लाहीमा पानीमा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ। जिल्लाको हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर मृत्यु भएको हो। घरबाट करिब ५ सय मिटर दक्षिणमा रहेको खेतमा बोरिङबाट निकालेको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला … Read more

पर्सा प्रहरीद्वारा बिलबिजक भन्दा बढी मालसामान लोड गरेको दुईवटा गाडी नियन्त्रणमा

पर्सा, माघ १३ गते । पर्सा प्रहरीले बिलबिजक भन्दा बढी मालसामान लिएर काठमाडौं जादै गरेको गाडी नियन्त्रणमा लिएको छ ।वीरगञ्जबाट मेडिकल सामाग्री र हार्डवेयरको सामान लोड गरेर काठमाडौ जादै गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले एउटा ट्रक र पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरीले बताएको हो । वीरगञ्ज महानगरपालिका-१६ स्थित रेल्वे सडक … Read more

राष्ट्रपतिमा एमालेको विकल्प खोज्ने दाहालको संकेत

काठमाडौँ, माघ १३– नेकपा माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा नेकपा एमालेले अघि सार्ने उम्मेदवारको विकल्प खोज्ने संकेत गरेको छ। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई राष्ट्रपति दिँदा भोलि सबै शक्ति उसमै केन्द्रित हुने भन्दै त्यसको विकल्प खोज्ने संकेत गरेका हुन्। माओवादी केन्द्र स्थायी कमिटीको बिहीबार बसेको बैठकमा दाहालले अहिले सभामुख र राष्ट्रपति एमालेलाई दिने, … Read more

ओलीको घेराबन्दीमा परियो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,माघ १३– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घेराबन्दीमा परेको गुनासो गरेका छन्। एमालेकै समर्थनमा प्रधानमन्त्री बनेको एक महिनामै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलका कारण घेराबन्दीमा परेको बताएका हुन्। नेकपा माओवादी केन्द्रको बिहीबार बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले आगामी दिन पनि सहज नदेखेको बताएका छन्। आफूसँगै एमालेका विष्णु पौडेलको मात्रै … Read more

आसिफ शेखले जिते आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड

काठमाडौं, माघ १३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले प्रदान गर्ने प्रतिष्ठित अवार्ड जितेका छन् । आसिफ शेखले आईसीसी अवार्ड २०२२ को एक विधा स्पिरिट अफ क्रिकेट (उच्च खेल भावना) को अर्वाड जितेका हुन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०२२ मा प्रदान गरेका अवार्डहरुमध्येको खेल भावना … Read more

नेपालमा एक जना व्यक्ति बराबर ६८ हजार ७५५ रुपैयाँ ऋण

काठमाडौँ, माघ १२- चालु आर्थिक वर्षको पहिलो ५ महिना अर्थात मंसिरसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिर मसान्तसम्म सार्वजनिक ऋण आन्तरिक र वाह्य गरी उक्त रकम बराबर पुगेको हो । यो असार मसान्त अर्थात् अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को (गत असारसम्मको) तुलनामा … Read more

माओवादीको स्थायी कमिटी बैठक २ बजे बस्ने

काठमाडौं, माघ १२ गते । नेकपा (माओवादी केन्द्र) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक दिउँसो बस्नेगरी सरेको छ । बैठक पार्टी कार्यालय पेरिस डाडामा दिउँसो २ बजे बस्नेगरी सरेको हो । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी … Read more

खानेपानी मन्त्रीको निर्देशनः ‘मन्त्रालयमा बोतलको होइन, धाराको पानी ल्याउनू’

काठमाडौं, माघ ११- खानेपानीमन्त्री अब्दुल खानले पदभार ग्रहणलगत्तै बोतलको पानी मन्त्रालयमा किन भनेर प्रश्न गरेका छन्। माघ २ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम जनमत पार्टीका खानलाई खानेपानी मन्त्रालयका जिम्मेवारी दिइएको हो। उनले मन्त्रालय प्रवेश लगत्तै कार्यलयमा बोतलका लेबल लगाएको पानी भन्दा धाराको पानी तत्काल उपलब्ध गराउन सचिवलाई निर्देशन दिएका छन्। सचिव इन्जिनियर मणिराम गेलालले काठमाडौं उपत्यका … Read more

पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु

इस्लामाबाद, माघ १२- पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ । बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले विस्फोट गराएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनामा दुई महिला पनि घाइते भएका छन् । एजेन्सी