माओवादीको स्थायी कमिटी बैठक २ बजे बस्ने

काठमाडौं, माघ १२ गते ।

नेकपा (माओवादी केन्द्र) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक दिउँसो बस्नेगरी सरेको छ । बैठक पार्टी कार्यालय पेरिस डाडामा दिउँसो २ बजे बस्नेगरी सरेको हो ।

बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए । बैठकमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी लगायतका दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ ।

त्यसैगरी पार्टीको संगठन विस्तार लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।