बलात्कार आरोपी निजगढका वडाध्यक्ष पुर्पक्षको लागि थुनामा

बारा, माघ ११ गते । किशोरीलाई बलात्कार गरेको आरोपमा बाराको निजगढका एक वडाध्यक्ष लाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । नगरपालिका – २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशानुसार प्रहरीले श्रेष्ठलाई विरगञ्ज कारागार चलान गरेको छ … Read more

तीन मन्त्रीको मन्त्रालय तोके मधेसका मुख्यमन्त्रीले, अझै ७ मन्त्रालय आफैंसँग

बारा, माघ ११ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका सञ्जय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका वसन्त कुशवाहालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो। मधेस प्रदेशमा १० मन्त्रालय मध्ये मुख्यमन्त्री यादवले … Read more

नक्कली मोबिलको कालोबजारी गर्ने २ जना वीरगञ्जबाट पक्राउ

पर्सा, माघ गते । पर्सा जिल्लाको विरगञ्जबाट नक्कली मोबिलको कालोबजारी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको वीरगञ्ज महानगरपालिका – ३ छपकैयास्थित समसुन ट्रेडर्सका सन्चालकद्वय छपकैयाकै ३५ वर्षिय शेख आविद अली र वीरगञ्ज १७ अलौंका २३ वर्षिय शेष कौशललाई पर्सा प्रहरीले पक्राउ गरेको हो । विरगञ्को वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले छपकैयास्थित … Read more

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सर्वोच्चमा सुनुवाइ सुरु

काठमाडौँ, माघ ११- सर्वोच्च अदालतमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ सुरु भएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा सुनुवाइ सुरु भएको हो । यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो … Read more

चितवनमा लागूऔषधसहित ४ जना पक्राउ

चितवन, माघ १०– चितवन छुट्टाछुट्टै दुई स्थानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । माघ ६ गते दिउँसो ३ बजेको समयमा लागूऔषध विक्री वितरण भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको हो । राप्ती नगरपालिका–६, स्थित शंकास्पद अवस्थामा बसिरहेका पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं. १ बस्ने वर्ष … Read more

बाजुराको भूकम्पमा परेर एक जनाको मृत्यु

गौमुल, माघ १० गते । बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्य थापाले भूकम्पका कारण खसेको ढुंगा लागेर जमुना … Read more

बीरगन्जबाट एकैदिन बिलबिजक नभएका करिब २ करोडको सामानसहित तीनवटा गाडी नियन्त्रणमा

बीरगन्ज, माघ १० गते । पर्सा जिल्लाको बीरगन्जबाट प्रहरीले एकै दिन २ करोड भन्दा बढि मुल्यको तस्करीको सामान सहित तीन वटा मालवाहक सवारी साधन बरामद गरेको छ । भारतबाट राजश्व छलेर भित्रयाइएको आशंकामा सोमबार प्रहरीले बीरगन्जको ड्राइपोर्ट चोक र आदर्शनगरबाट मालसामान सहितको दुइ वटा ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिलएको हो । बीरगन्जको आइसिपी … Read more

संसद् भवनअगाडि एक व्यक्तिले आफैँलाई आगो लगाए

काठमाडौँ, माघ १० गते । बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक व्यक्तिले मंगलबार आफैँलाई आगो लगाएका छन् । अन्दाजी ४० वर्षका पुरूषले आफैँले झोलामा बोकेर ल्याएको प्रज्ज्वलनशील पदार्थ खन्याएर उनले शरीरमा आगो लगाएका हुन् । प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार उनको नाम प्रेमप्रसाद आचार्य र घर इलाम हो । जल्दै गरेको अवस्थामा उनलाई … Read more

मधेस प्रदेशमा तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

बारा, माघ १० गते । मधेस प्रदेशको मन्त्रिपरिषद् आगामी तीन दिनभित्र विस्तार गर्ने तयारी गरिएको छ। आज मंगलबार बसेको सत्ता साझेदार दलहरूको बैठकले तीन दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो। मुख्यमन्त्री निवासमा पहिलो चरणको बैठक सकाएर पुनः बस्ने बैठकले आजै मन्त्रालयको बाँडफाँड गर्ने तयारी गरेको नेकपा एमालेका संसदीय दलका नेता एवं बिनाविभागिय मन्त्री सरोजकुमार … Read more

बाघको आक्रमणबाट एक महिला घाइते

बर्दिया,माघ १०– बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । खरखडाइका लागि निकुञ्ज गएकी ठाकुरबाबा नगरपालिका ३, नेउलापुर गाउँकी ३२ वर्षिया जानकी बिष्ट (कार्की) बाघको आक्रमणबाट घाइते भएकी हुन् । घाइतेको कुममा बाघले आक्रमण गर्दा गम्भीर चोट लागेको र भुरिगाउँको स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बर्दिया निकुञ्जका … Read more