जीतपुरसिमरा–११ मा प्रथम वडा कप हुने

बारा, चैत्र १२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा प्रथम वडा कप प्रतियोगिता हुने भएको छ । वडा नं. ११ को खैरवा खेल मैदानमा वडा कप हुन लागेको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ को मुख्य सहयोगमा चैत्र २५ गते देखी प्रतियोगिता सुरु भई वैशाख २ गते सम्म चल्ने प्रथम वडा … Read more

जीतपुरसिमरा गोल्डकपः सेमिफाइनलको लागि एनआरटी संग भिड्दै विरगञ्ज युनाइटेड

बारा, चैत्र १२ गते । जगदम्बा १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत आईतबार न्यु रोड टिम (एनआरटी) फूटबल क्लब र विरगञ्ज युनाइटेड भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार वागमती युवा क्लबलाई पराजित गरेको विरगञ्ज युनाईटेडले सेमिफाइनल प्रवेशका लागि यसै प्रतियोगिताको १२औँ संस्करणको विजेता टिम एनआरटी संग प्रतिस्पर्धा … Read more

१३औँ जीतपुरसिमरा गोल्डकप: मकवानपुर ११ सेमिफाइनलमा प्रवेश

बारा, चैत्र ११ गते । सुरुवाती अग्रता जोगाउन नसक्दा टाई टाइव्रेकरमा ४–३ को कठिन जित निकाल्दै मकवानपुर ११ जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बाराको सिमरा रंगशालामा जारी प्रतियोगितामा शनिबार मकवानपुर ११ ले बनाएको २–० को सुरुवाती अग्रता जोगाउन नसक्दा खेल अतिरिक्त समय हुँदै टाईव्रेकरमा धकेलिएको थियो । निर्धारित समय २–२ … Read more

जगदम्बा जीतपुरसिमरा गोल्डकपः आज के.बि.ए भरतपुर र मकवानपुर ११ भिड्दै

बारा, चैत्र ११ गते । जगदम्बा १३औं जीतपुरसिमरा फूटबल प्रतियोगिता अन्तर्गत शनिवार भरतपुर फूटबल क्लब र मकवानपुर ११ भिड्दैछन् । सिमरा रंगशालामा साँझ ५ः३० बजेपछि खेल सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा बिहिवार आयोजक नव जनजागृति युवा क्लबलाई पराजित गरेको भरतपुरले सेमिफाइनल प्रवेशका लागि मकवानपुर ११ संग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि शुक्रवार भएको … Read more

जीतपुरसिमरा गोल्डकप: बागमतीलाई पराजित गर्दै वीरगञ्ज क्वाटरफाइनलमा प्रवेश

एस.एस. पटेल, बारा । वागमती यूवा क्लब विरुद्ध ३–० को सहज जित निकाल्दै बीरगञ्ज यूनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुर सिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोश्रो हाफमा वीरगञ्ज हावी भयो । बागमतीविरुद्ध खेलको ५४ … Read more

१३औँ जीपतुरसिमरा गोल्डकपः फुटबल संगै खाना महोत्सवको पनि मजा

बारा, चैत्र १० गते । बाराको सिमरा रंगशालामा आयोजना भइरहेको डेनाईट जगदम्बा १३औँ जीतपुरसिमरा गोल्डकपमा खाना महोत्सवको पनि मजा लिन सकिने छ । खेल संगै रंगशाला भित्र खाना महोत्सवको पनि आयोजना गरिएको हो । जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृति युवा क्लब र होटेल तथा पर्यटन व्यवसायी संघको समन्वयमा गोल्डकप संगै दर्शकलाई खाना महोत्सवको पनि … Read more

१३औँ जीतपुरसिमरा गोल्डकप: आज बीरगञ्ज र बागमती भिड्दै

बारा, चैत्र १० गते । बाराको सिमरा रङ्गशालामा जारी जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ । आयोजक नव जन जागृति यूवा क्लबकाअनुसार साँझ ६ बजेबाट खेल शुरु हुनेछ । फ्लड लाईटमा आयोजना हुने खेलका लागि बलियो पूर्वाधार तयार भएकाले रात्री समयमा … Read more

१३औँ जीतपुरसिमरा गोल्डकपः चितवनसंग आयोजक स्तब्ध

बारा, चैत्र ०९ गते । भरतपुर फूटबल क्लबले जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपमा बिजयी सुरुवात गरेको छ । आयोजक नव जनजागृति युवा क्लबबिरुद्ध उद्घाटन खेलमा जित हात पार्दै भरतपुरले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । आयोजकलाई स्तब्ध पार्दै अन्तिम आठको यात्रा तय गर्ने क्रममा भरतपुरले ३–१ को जित निकालेको हो । भरतपुरको जीतमा सुनिल श्रेष्ठले दुई … Read more

जीतपुरसिमरा गोल्डकप हेर्न जाने दर्शकलाई ५ लाखको ईन्स्योरेन्स व्यस्था

एस.एस. पटेल, बारा । चैत्र ९ गते देखी सुरु हुने जगदम्बा स्टिल १३औँ जीतपुरसिमरा गोल्डकपमा यस वर्ष ईन्स्योरेन्समा राम्रो ध्यान दिइएको छ । प्रतियोगितमा कार्यसमिति, खेलाडी र अफिसियलहरुलाई दश लाखको ईन्स्योरेन्सको व्यवस्था गरिएको छ भने स्वयंसेवक, पत्रकारसमेत १०० जना दर्शकको रु पाँच लाखको ईन्स्योरेन्सको व्यवस्था गरिएको हो । खेलमा हुने अपर्यासित दुर्घटालाई मध्यनजर गर्दै आयोजक नव … Read more

भोली देखि जीतपुरसिमरामा फूटबलको महाकुम्भ

एस.एस. पटेल, बारा । मोफसलकै प्रतिष्ठित फूटवल प्रतियोगिता जगदम्बा जीतपुरसिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि यतिबेला रंगशालामा अन्तिम तयारी भईरहेको छ । उद्घाटन समारोहलाई लक्षित गर्दै आयोजक नव जनजागृति युवा क्लबले रंगशालामा मञ्च व्यवस्थापन, प्यारापीट रंगरोगनको काम गरिरहेको छ । रंगशालामा मंगलवार पत्रकार सम्मेलनको … Read more