hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetholiganbet

बारामा असोज ७ गते सम्म वन क्षेत्रभित्र सर्वसाधारणको प्रवेशमा रोक

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ र ४ का वनक्षेत्रमा पछिल्ला दिनमा देखिएका बाघ तथा अन्य वन्यजन्तुको आक्रमणका कारण एकजनाको ज्यान गएको घटनापछि वन कार्यालय बाराले तत्काल प्रभावबाट वन क्षेत्रमा प्रवेश निषेध गर्ने निर्णय गरेको छ। डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजिव कुमारका झाकाअनुसार स्थानीयवासीको सुरक्षालाई प्राथमिकता दिँदै दोस्रो पट्क सुचना … Read more

जितपुरसिमरा उपमहानगरवासीलाई कडा रोग उपचारमा ५० हजारसम्म सहयोग

रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकाले नगरवासीलाई राहतस्वरूप कडा रोग उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। राजपत्रमा प्रकासशत जीतपुरसिमरा उपमहानगरपालिका कडा रोग उपचार सहायता ब्यवस्थापन कार्यबिधि २०८२ अनुसार यो सहयोग गर्न लागिएको जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत रबि भाष्करद्धारा जारी सुचनामा उल्लेख छ । २०७८ सालमा स्वीकृत ‘कडो रोग उपचार सहयोग व्यवस्थापन कार्यविधि’ अनुसार … Read more

आक्रमण गर्ने बाघलाई दु्रत गतिमा नियन्त्रणमा लिन कार्ययोजना तयार

रञ्जन यादब /बारा बारामा पछिल्लो समय बाघ आक्रमणका घटना बढ्दै गएपछि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार र डिभिजन वन कार्यालय बाराले मानिसलाई आक्रमण गर्ने बाघ नियन्त्रण कार्ययोजना २०८२ तयार पारेका छन्। निकुञ्जको मध्यवर्ती क्षेत्र अमलेखगन्ज लगायत क्षेत्रमा बाघको गतिविधि तीव्र बन्दै गएपछि द्रुत नियन्त्रणको आवश्यकता महसुस भई सरोकारवालासँग छलफल र सुझाव संकलन गरेर यो कार्ययोजना … Read more

जितपुरसिमरा उपमहानगरपालिकाले लुटपाट भएका सामग्री फिर्ता गर्न सार्वजनिक अपिल

रञ्जन यादब /बारा बाराको जितपुरसिमरा उपमहानगरपालिकाले हालै तोडफोड र आगलागीका क्रममा लुटपाट तथा चोरी भएका सामग्री फिर्ता गर्न अनुरोध गरेको छ । भाद्र २४ गतेको घटनामा उपमहानगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्था÷सेवा केन्द्रमा रहेका गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, सिसिटिभी लगायतका उपकरण, टेबल, कुर्सी, दराज, भाँडाकुडा जस्ता सामानहरू क्षति … Read more

आन्दोलनपछि जितपुरसिमराका विद्यालय र वडा कार्यालय खुल्ने

रञ्जन यादब/बारा जेनजी आन्दोलनका कारण चार दिनदेखि ठप्प रहेका जितपुरसिमरा उपमहानगरपालिकाभित्रका विद्यालय र वडा कार्यालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। शनिबार बिहान नगरप्रमुख राजन पौडेलले सामुदायिक तथा संस्थागत विद्यालयका सञ्चालकहरूसँगको छलफलपछि पठनपाठन पुनः सुरु गर्ने निर्णय भएको जानकारी दिएका हुन्। आन्दोलनका क्रममा २४ मध्ये ६ वटा वडा कार्यालयमा आगजनी र तोडफोड भई ठूलो क्षति पुगेको … Read more

बारा ४ का सांसद कृष्णकुमार श्रेष्ठ (किसान) को घरमा आगजनी, १० करोडको क्षति

रञ्जन यादब /बारा बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) को घरमा भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आगजनी हुँदा ठुलो क्षति भएको छ। श्रेष्ठको निजि घर र घरभित्र पार्किङमा राखिएका चारवटा गाडीमा आगजनी भएको हो।श्रेष्ठका अनुसार आगजनीबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ। घटना हुँदा … Read more

जीतपुरसिमराका दलहरुको संयुक्त विज्ञप्ति ः “संकट समाधानको बाटो संविधान सम्मत उपायबाट”

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका विभिन्न राजनीतिक दलहरुले मुलुकमा विकसित पछिल्लो राजनीतिक संकटबारे संयुक्त विज्ञप्ति जारी गरेका छन्।भदौ २६ गते सार्वजनिक गरिएको विज्ञप्तिमा देश अहिले गम्भीर संकट र अस्थिरतामा फसिरहेको जनाउँदै दलहरुले संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास खोज्नुपर्नेमा जोड दिएका छन्।दलहरुले भदौ २३ र २४ गते जेन जि युवाहरुले गरेको प्रदर्शनमा ज्यान … Read more

बाराका प्रमुख जिल्ला अधिकारी पौडेललाई जीतपुरसिमरामा स्वागत

  जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघले बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलको सम्मानपूर्वक आफनो कार्यालयमा स्वागत गरेको छ। संघले आयोजना गरेको एक विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेल र ईलाका प्रशासन कार्यालय सिमराका प्रमुख रबिन्द्र कडेंललाई स्वागत गरिएको हो। कार्यक्रममा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले प्रमुख अतिथिलाई सम्मानपत्र प्रदान गर्दै व्यापारी तथा … Read more

बारामा राष्ट्रिय वनक्षेत्रमा प्रवेश निषेध

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ र ४ का वनक्षेत्रमा पछिल्ला दिनमा देखिएका बाघ तथा अन्य वन्यजन्तुको आक्रमणका कारण एकजनाको ज्यान गएको घटनापछि वन कार्यालय बाराले तत्काल प्रभावबाट वन क्षेत्रमा प्रवेश निषेध गर्ने निर्णय गरेको छ। डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजिव कुमारका झाकाअनुसार स्थानीयवासीको सुरक्षालाई प्राथमिकता दिँदै भदौ २२ गतेदेखि … Read more

जीतपुरसिमरामा जेनजी आन्दोलनकै क्रममा आगजनी, तोडफोड र कागजपत्र जलाइयो

रञ्जन यादब /बारा बारामा जारी जेनजी आन्दोलन अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकामा मंगलबार युवाहरुले आगजनी तथा तोडफोड गरेका छन् । प्रदर्शनकारीले उपमहानगरपालिकाको पार्किङ्ग क्षेत्रमा राखिएका १८ वटा मोटरसाइकल,सिमरामा पार्किङ्ग गरी राखिएको नगर प्रमुख (मेयर) चढ्ने गाडी, दुईवटा कार र एउटा दमकलमा आगजनी गरेका हुन् । यस्तै, कार्यालय भित्र रहेका विभिन्न कागजपत्र, अभिलेख ,कम्प्युटर, कुर्सि ,बेँच र सामग्री … Read more