hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetromabetnakitbahisBetsalvadorenbetqqmamibetjojobet giriş

जीतपुरसिमराका दलहरुको संयुक्त विज्ञप्ति ः “संकट समाधानको बाटो संविधान सम्मत उपायबाट”

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका विभिन्न राजनीतिक दलहरुले मुलुकमा विकसित पछिल्लो राजनीतिक संकटबारे संयुक्त विज्ञप्ति जारी गरेका छन्।भदौ २६ गते सार्वजनिक गरिएको विज्ञप्तिमा देश अहिले गम्भीर संकट र अस्थिरतामा फसिरहेको जनाउँदै दलहरुले संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत निकास खोज्नुपर्नेमा जोड दिएका छन्।दलहरुले भदौ २३ र २४ गते जेन जि युवाहरुले गरेको प्रदर्शनमा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। साथै, आन्दोलनमा सहादत प्राप्त गर्ने युवाहरुलाई राज्यको तर्फबाट उचित सम्मान र उनीहरुको जायज माग सम्बोधन गर्न सरकारसँग माग गरिएको छ।

त्यसैगरी, भदौ २४ गतेदेखि देशव्यापी रुपमा सुरु भएका आगजनी, तोडफोड, लुटपाट र हिंसात्मक गतिविधिबारे दलहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन्। संघीय संसद, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार लगायतका संवैधानिक निकाय, विमानस्थलदेखि लिएर उपमहानगरपालिकाको कार्यालय, वडा कार्यालय र निजी सम्पत्तिसम्म ध्वस्त हुनु गैरराजनीतिक कार्य भएको भन्दै उनीहरुले कडा शब्दमा निन्दा गरेका छन्।विज्ञप्तिमा १३ हजार भन्दा बढी कैदीबन्दी जेल तोडेर भाग्नुले शान्ति सुरक्षामा थप चुनौती उत्पन्न भएको उल्लेख गर्दै, देशको सम्पत्ति नष्ट गर्नु र ऐतिहासिक अभिलेख जलाउनु गम्भीर त्रासदी भएको बताइएको छ।दलहरुले अहिलेको संकटलाई लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमान कायम राखेर संविधान सम्मत हिसाबले समाधान गर्नुपर्ने जोड दिएका छन्।

जारी विज्ञप्तिमा नगरवासीलाई संयम, संवाद र एकताको भावनासहित पुनर्निर्माणमा जुट्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गरिएको छ।संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्ने दलका नेताहरुमा कान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य ईश्वरराज ढुंगेल, नेपाली कांग्रेस बाराका जिल्ला कार्य समिति सदस्य हरिप्रसाद थपलिया, नेकपा (एमाले) का जीतपुरसिमरा नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाह, नेकपा (माओवादी केन्द्र)का नगर कमिटी अध्यक्ष प्रेम बराल, नेपाल जनमत पार्टीका नगर कमिटी अध्यक्ष मनोहर साह र नेकपा एकीकृत समाजवादीका अध्यक्ष संजय प्रसाद पटेल रहेका छन्।