हात्ती प्रजनन केन्द्र सौराहामा शल्यक्रिया गरेर जन्माइयो छावा

चितवन,फागुन २५- नेपालमा पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा (भाले बच्चा) जन्माइएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा रहेको ढोई गण्डकीकलीको शल्यक्रिया गरेर छावा पैदा गराइएको हो । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजयकुमार श्रेष्ठको नेतृत्वमा रहेको पशु चिकित्सकको टोलीले हात्तीको शल्यक्रिया गरेको प्रजनन केन्द्रका प्रमुख मनिपुरन महतोले जानकारी दिनुभयो । … Read more

आज तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं,फागुन १४- देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना … Read more

जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा माडीका ललित राउतले “सर्टपुट”मा जिते स्वर्ण पदक

चितवन, फाल्गुन १३ गते । चितवनमा सम्पन्न तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९ मा माडीका खेलाडी ललित राउतले सर्टपुटमा स्वर्ण पदक हाँत पारेका छन् । चितवनको माडी नगरपालिका वडा नम्बर ६, कल्याणपुरका राष्ट्रिय एथलेटिक्स खेलाडी राउतले १२ मिटर ५७ सेन्टीमिटर थ्रो गर्दै सर्टपुटमा स्वर्ण पदक हात पारेका हुन्। तेसैगरि सर्टपुटमै दोश्रो हुने खेलाडीले १२ मिटर … Read more

मकवानपुरमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हेटौंडा,१२ फागुन । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गए राति हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राखोरमा जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते उनको … Read more

चितवन २ को उपनिर्वाचन वैशाख १० गते हुने

चितवन, माघ २९- चितवन –२ को उपनिर्वाचन वैशाख १० गते गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । नागरिकता प्रकरणमा सर्वोच अदालतको फैसलाले चितवन–२ का सांसद रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन गर्नुपर्ने आवश्यकता परेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १० गते आइतबार चितवन २ मा उपनिर्वाचन गर्ने निर्णय भएको बताए। राष्ट्रिय स्वतन्त्र पार्टीको … Read more

चितवनमा चैतपछि मात्र उपनिर्वाचन हुने

काठमाडौं, माघ २४- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी चैत महिना अघि चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन सम्भव नहुने बताएका छन् । मतदाता नामावली अद्यावधिक गरेर मात्र उपनिर्वाचनको प्रक्रिया सुरु हुने उनले बताएका हुन् । राष्ट्रपतिको निर्वाचनअघि उपनिर्वाचन गर्न समय नपुग्ने उनले बताए । नागरिकता सम्बन्धमा सर्वोच्च अदालतको फैसलाले चितवन २ बाट निर्वाचित रवि … Read more

चितवनको माडीमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुँदै

चितवन, माघ २२– चितवनको माडीमा ‘तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता २०७९’ हुने भएको छ । नेपाल एथलेटिक्स संघ र माडी नगरपालिकाको संयुक्त आयोजनामा बसन्तपुर खेल मैदानमा प्रतियोगिता हुन लागेको आज (आइतबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । प्रतियोगिता फागुन ११, १२ र १३ गतेसम्म चल्ने चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मानबहादुर रजाली मगरले जानकारी … Read more

चितवन–२ मा स्वतः निर्वाचित घोषणा गर्न श्रेष्ठको माग

चितवन, माघ २२ गते । चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा रवि लामिछानेसँग पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ आफूलाई निर्वाचित घोषणा गर्न मागसहित निर्वाचन आयोग जाने भएका छन् । चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार र सांसद हुन अयोग्य रहेको अदालतको ठहरसँगै उनको सांसद पद गुमेको थियो । श्रेष्ठ आज आइतबार … Read more

चितवन–२ को उपनिर्वाचनमा रविलाई सत्ता गठबन्धनले सहयोग गर्छः शेरबहादुर तामाङ

काठमाडौं, माघ १६- सत्तारूढ दल नेकपा (एमाले) एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई सत्ता गठबन्धनले सहयोग गर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालको आयोजनामा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, र समसामयिक राजनीतिक विषयमा विभिन्न दलका नेताहरुसँग भएको साक्षात्कार’ कार्यक्रममा बोल्दै तामाङले चितवन–२ मा उपनिर्वाचन हुँदैगर्दा रविलाई सत्ता गठबन्धन … Read more

मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

मकवानपुर,माघ १४- मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । मकवानपुरको मनहरी-६ नयाँबस्तीमा ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका-१५ का ४० वर्षीय शंकरत्न तितुङको ज्यान गएको हो । तितुङको ज्यान गएपछि स्थानीय बासिन्दाहरुले दुई घण्टासम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । … Read more