पर्सामा ट्याक्टरले ठक्कर दिएर एक युवकको मृत्यु

पर्सा, माघ १४ गते । पर्सामा ट्याक्टरले ठक्कर दिएर एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाँउपालिका–५ चिलझप्टीका २५ वर्षीय विजय मुखिया विनको मृत्यु भएको हो । हुलाकी सडकखण्ड अन्तर्गत जिराभवानी–१ स्थित पवित्रा आयल अगाडि ना ३ त २२८७ नम्बरको ट्याक्टर शुक्रबार साँझ साढे ७ बजे दुर्घटनामा परेको थियो । सुवर्णपुरबाट जिराभवानी जाँदै गरेको ट्याक्टरबाट … Read more

रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै नेम्बाङ भनेः यसमा अलिकति पनि आत्तिनुपर्दै

काठमाडौं,माघ १४-  सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । हिजो (शुक्रबार) सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरेको छ। योसँगै उनी गृहमन्त्री तथा पार्टीगत सबै जिम्मेवारीबाट बाहिरिएका छन्।यसैविच रवि लामिछानेले पद त्याग … Read more

मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

मकवानपुर,माघ १४- मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । मकवानपुरको मनहरी-६ नयाँबस्तीमा ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका-१५ का ४० वर्षीय शंकरत्न तितुङको ज्यान गएको हो । तितुङको ज्यान गएपछि स्थानीय बासिन्दाहरुले दुई घण्टासम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । … Read more

१४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, एक युवक पक्राउ

जनकपुर, १४ माघ । सिरहामा एक किशोरीलाई सामूहिक बलात्कार भएको छ । सिरहा नगरपालिका – २२ की १४ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको हो । बलात्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादवलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका २३ वर्षीय सरोज कुमार यादव भने फरार भएको जिल्ला प्रहरी … Read more

प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राख्ने

काठमाडौँ, माघ १४– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालय आफैंसँग राख्ने भएका छन् । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका छन् । स्वतः पदमुक्त भए पनि उनले शुक्रबार बेलुका प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका छन् । ‘अब गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहनेछ,’ बालुवाटार स्रोतले भन्यो, ‘प्रधानमन्त्रीसँग गृह मन्त्रालय राख्दा सजिलो … Read more

एसईईको परीक्षा चैत १७ गतेदेखि सुरु हुने (तालिकासहित)

बारा, माघ १४ गते । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ। बोर्डको निर्णय अनुसार एसईई चैत १७ गते देखि चैत २९ गतेसम्म हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेदविद्याश्रम … Read more

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

काठमाडौँ, माघ १४ गते । डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति भएका छन् । सर्वोच्च अदालतनको फैसला अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि बसेको पार्टीको आकस्मिक बैठकले श्रम मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो आकस्मिक बैठक

काठमाडौं, माघ १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष पदमुक्त भएपछि पार्टीले आकस्मिक बैठक बोलाएको छ । अहिले जारी बैठकमा अध्यक्ष रवि लामिछानेसांसदबाट पद मुक्त भएपछि उत्पन्न परिस्थिति बारे छलफल हुँदै छ । लामिछाने अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले सांसदपद बदर गरेपछि लामिछाने सांसदका साथै … Read more

रवि लामिछानेले दिए गृहमन्त्रीबाट राजीनामा, प्रधानमन्त्री प्रचण्डलाई बुझाए राजीनामा पत्र

काठमाडौँ, माघ १३– नागरिकता अयोग्य ठहर भएका रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका छ । केहीबेर अघि बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर उनले राजीनामा बुझाएको उनका सहयोगी प्रकाश सिग्देलले जानकारी दिए । रवि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा … Read more

फैसलालाई स्वागत र स्वीकार गर्छु, अनागरिक भएँः रवि लामिछाने

काठमाडौं, माघ १३ गते । उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेले सर्वोच्च अदालतको फैसलालाई स्वीकार र स्वागत गर्ने बताएका छन् । आज मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूलाई जवाफ दिँदै उनले अदालतभन्दा ठूलो केही नभएको बताए । उदास मुद्रामा देखिएका लामिछानेले आफू अब पार्टीको अध्यक्षको हैसियतमा पनि नरहेको प्रष्ट पारे । रविले भने, ‘म अहिले कुनै पनि … Read more