hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetBetsalvador Girişcasibom

भारतमा सवारी दुर्घटना हुँदा सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

सुर्खेत, कात्तिक १७-

भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिकाका एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित गुलबर्गा सहरको अजलपुर तलुका भन्ने स्थानमा सडक दुर्घटनामा परी दुई बालकसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा चौकुने गाउँपालिका–७ अमलटाकुराका २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीया अस्मिता नेवार, छोराहरू ५ वर्षका मिलन र डेढ वर्षका धड्कन नेवार रहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विश्वकर्माले जानकारी दिए।

दुर्घटनामा परी रतनका भाइबुहारी सुस्मिता नेवारको पनि मृत्यु भएको छ।