बाराका प्रमुख जिल्ला अधिकारीले रुपेश स्वर्णकारको चरित्र सम्बन्धि दिएका अभिव्यक्ति लिए फिर्ता

बारा, कार्तिक १७ गते ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारीले रुपेश स्वर्णकार हत्या प्रकरणमा दिएका अभिव्यक्ति फिर्ता लिएका छन्। स्वर्णकारको चरित्र हत्या हुने गरि दिएका अभिव्यक्ति फिर्ता लिएका हुन् ।

एक विज्ञप्ति जारि गर्दै बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले स्वर्णकारको हत्या सम्बन्धी आफुले दिएको अभिव्यक्तिलेबारा जिल्ला बासी माथि पर्न गएको दु:ख लाई मध्यनजर गर्दै अभिव्यक्ति फिर्ता लिएको जनाएका हुन् ।

सापकोटाले स्वर्णकारको हत्या उनको आफ्नै आचरणको कारण भएको बताएका थिए । उनको उक्त अभिव्यक्ति सार्वजनिक भएलगतैजिल्ला भरि उनको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना हुन थालेको थियो ।

गत कार्तिक १३ गते बाराको बाल एक्ता ईङ्लिस बोर्डिक स्कुलका प्रधानाध्यापक समेत रहेका रुपेश स्वर्णकारको गोली हानि हत्यागरिएको थियो । उन्को हत्याको मुख्य योजनाकार सहित अन्य संलग्न केहि व्यक्तिहरू पक्राउ परेपछि मिडिया संग कुरा गर्दै प्रमुखजिल्ला अधिकारीले स्वर्णकारको हत्या सम्बन्धी विवादित अभिव्यक्ति दिएका थिए ।

यता हाल सम्म स्वर्णकारको मुख्य हत्यारा पक्राउ गर्न सकिएको छैन । स्वर्णकारको हत्या गर्ने सुटरहरू केही महिना पहिला पनि बारामैएउटा अर्को हत्या समेत गरेका थिए ।

स्वर्णकारका परिवारले पनि पत्रकार सम्मेलन गर्दै प्रहरीको अनुसन्धान फितलो भएको र स्वर्णकारको चरित्र हत्या हुनेगरि प्रहरी प्रशासनसार्वजनिक गरेको रिपोर्ट गलत रहेको दाबि गर्दै आएका छन् ।