hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisjojobetcasinolevant

घटस्थापना देखी दशमी सम्म छातापिपराको गढिमाईमा मेला लाग्ने, ९ सदस्ययी मेला समिति गठन

बारा , असोज २० गते ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छातापिपरा स्थित रहेको गढिमाई मन्दिरमा हरेक वर्ष लाग्ने गढिमाई मेला यस वर्ष पनि धुमधामका साथ लाग्ने भएको छ । हरेक वर्ष लाग्ने मेलालाई निरन्तर्ता दिदै यस वर्ष पनि धुमधामका साथ मेला लाग्ने आयोजक समितिले जनाएको हो ।

असोज २८ देखी सुरु हुने नेपालीहरुको महानचार्ड बडा दशै एंव हिन्दुहरुको नवरात्रिको अवसरमा घटस्थापनाको दिनदेखी दशमी सम्म गढिमाई मन्दिरमा मेला लाग्ने गढिमाई मेला समितिले जनाएको छ ।

मेला व्यवस्थापनका लागि जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष मोतिलाल राउत यादवको अध्यक्षतामा बसेको बैठकले मेला समिति गठन गरेको छ । बैठकले ९ सदस्ययी समिति गठन गरेको वडा अध्यक्ष यादवले बताउनु भयो ।

गढिमाई मेला समितिको अध्यक्षमा कोमल पासवान, उपाध्यक्षमा हरि चौधरी, सचिवमा रामपुकार चौधरी, कोषाध्यक्षमा राजकपुर पासवान, सदस्यमा श्रीराम चौधरी, ध्रुप पासवान, राजेन्द्र महरा, सिताराम सहनी, कदरी माझि सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यसै गरि नवगठित गढिमाई मेला समितिले मेलाको विभिन्न क्षेत्रहरुको संयोजक समेत चयन गरेको छ । मेलालाई थप व्यवस्थित बनाउनका लागि मेला समितिले मंदिर समितिमा ९ जना, बलिदान समितिमा ९ जना, अनुगमन समितिमा ९ जना चयन गरेको हो ।

साथै मेला समितिले यस वर्ष मेलामा लाग्ने व्यवसायीक पसल मेलाहरुको ठेक्का नलगाई मेला समितिलेनै व्यवस्तापन गर्ने भएको छ । विगतका वर्षहरुमा समितिले पसलहरुको ठेक्क पट्टा लगाउदै आएको थियो । ठेक्का पट्टामा व्यवापारीहरु मार्कामा परेको भन्दै यस वर्ष मेला समितिले आफ्नै तरिकाले व्यवस्थापन गर्न लागेको समितिका अध्यक्ष कोमल पासवानले बताउनु भयो ।