बारा, असोज २० गते ।
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको थानिमाई सामुदायिक वन (सिमरा पार्क) मा संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षतामा सम्पन्न भएको १६औं साधारणसभाको प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ रहनुभएको थियो । प्रमुख अतिथि श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि कार्यक्रममो उद्घाटन गर्नुभएको थियो ।
संस्था स्थापना भएको १६ वर्ष पुरा भएसँगै १६औं वार्षिक साधारणसभामा सम्पन्न गर्दै संस्थाले आफ्नो प्रगति विवरण सहित प्रतिवेदन पेस गरेको थियो । संस्थाको तर्फबाट सोही संस्थाका अध्यक्ष आलेले प्रतिवेदन पेस गर्नुभएको थियो ।
३ हजार ९ सय ९४ सेयर सदस्य रहेको उक्त हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराले आर्थिक वर्ष २०७९/८० मा २ करोड ६९ लाख ८८ हजार ६ साय ७३ रुपैया ८४ पैसा नाफा गरेको छ भने आर्थिक वर्ष २०८०/२०८१ मा ३ करोड ८१ लाख नाफा गर्ने लक्ष्य राखेको आर्थिक प्रतिवेदनमा प्रस्तुत गरिएको थियो । गत आर्थिक वर्षको तुलनामा २०७९/८० मा ३.७ प्रतिशतले नाफा बृद्धि भएको हो ।
त्यसै गरि यस आर्थिक वर्षमा ६५ करोड ६४ लाख ६६ हजारको कारोबार गरेको यस संस्थाले आर्थिक वर्ष २०८०/८१ मा आर्थिक कारोबार ७५ करोड पर्याउने लक्ष्य रहेको प्रतिवेदनमा उल्लेख गरिएको थियो भने कर्मचारीको क्षमता अभिवृद्धिका लागि शिक्षण सहित सामाजिक उत्तरदायित्वका विभिन्न कामहरू गर्ने प्रतिविदेनमा उल्लेख गरिएको थियो । साथै संस्थाको सम्पुर्ण पर्लस सुचक पनि लक्ष्य अनुरुपनै रहेको प्रदिवेदनमा उल्लेख छ ।
संस्थाको १६औं साधारणसभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले हातेमालो बचत तथा ऋण सहकारी संस्था नगरकै नमुना सहकारीको रुपमा स्थापित रहेको बताउनु भयो । सोही सहकारीको सेयर सदसय समेत रहनुभएका नगर प्रमुख पौडेलले यो स्थाले साहकारी क्षेत्रमा राम्रो प्रगति सगैं नगरको विकासमा समेत राम्रो योगदान दिएको बताउनु भयो ।
त्यसै गरि साधारणसभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरीले हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाराको मात्र नभई मधेस सहित देशभरको उत्कृष्ट सहकारीहरू मध्येको एक भनेर अफुले यस संस्थालाई चिनेको बताउनु भयो । आफुले यस संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य किशान श्रोष्ठले हातेमालो बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर सदस्यहरुलाई १५ प्रतिशन सम्मको लाभान्स दिएर उदाहारणिय काम गरेको बताउनु भयो । देशभर सहकारी संस्थाहरुको भागमभाग लागेको समयमा बाराका सहकारीहरुले जनताको दुखको साथी बनेर राम्रो छाप छोडेको समेत बताउनु भयो । साथै उँहाले सोही कार्यक्रममा तराई मेधस द्रुतमार्ग एकदम छिटो निमार्ण गर्न कुनैकुराको कमि नहुनेगरि काम गराउन अर्थ मन्त्रि संग अनुरोध गरेका बताउनु भयो । सथै केही दिनभित्रैमा सिमरा विमानस्थलबाटै जहाजमा फ्युल हाल्ने गरि काम गरेको बताउदै उँहाले यस सहकारीलाई आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो ।
कार्यक्रममा पुर्व मधेस प्रदेशसभा सदस्यहरु, जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका पदाधिकारीहरु सहित विभिन्न सहकारी, संघ संस्था र पार्टीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।