hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobettipobetbettiltnakitbahisbetasuscasinolevant

विदेश जान पाउनुपर्ने सन्दीपको मागकाे निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ, फागुन १४ –

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने माग राख्दै गरेको निवेदनमा आइतबार सुनुवाइ हुँदैछ। गत शुक्रबार सर्वाेच्च अदालतले सन्दीपले दिएको निवेदनलाई सरकारी वकिलले दायर गरेको अर्को मुद्दासँगै राखेर पेश गर्न अग्रधिकारसहित आदेश गरेका थियाे।

शुक्रबार न्यायाधीश ईश्वरीप्रसाद खतिवडा इजालासमा भएको बहसमा सन्दीपका वकिल सरोजकृष्ण घिमिरे र शम्भु थापाले बहस गरेका थिए। पाटन उच्च अदालतले राखेका सर्तहरू विरुद्ध दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले सन्दीपलाई तत्काल युएई जान भने अनुमति दिएकाे थिएन।आजकाे सुनुवाइमा सन्दीप लामिछाने पक्ष र सरकारी वकिललाई पनि उपस्थित हुन भनिएको छ।

नाबालिका बलात्कार आरोपमा पक्राउ परेका सन्दीपलाई जिल्ला अदालत, काठमाडौँले १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाएपछि उनले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए।जसको सुनुवाइ गर्दै पाटन उच्च अदालतले गत २८ पुसमा विभिन्न सर्तसहित उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। न्यायाधीशहरू ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजालासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएका हुन्।साथै उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो जसले गर्दा यूएईमा हुने विश्वकप लिग-२ को खेलमा सन्दीपको सहभागिता रोकिएको थियो।