सुर्खेतमा गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

काठमाडौं, ११ फागुन –

सुर्खेतमा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत भेटिएका हुन् ।

दार्चुलाको अपी नगरपालिका–६ का २६ वर्षीय विकले आफैलाई गोली हानेर आत्महत्या गरेको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विकको शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।