बारा, माघ २ गते ।
बारा जिल्लामा मोटरसाइक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा आइतबार राति मोटरसाइकल दुर्घटना भएको हो ।
तीनजना सवार ना २६ प २२९५ नम्बरको मोटरसाइकल दुर्घटनामा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको मृत्यु भएको हो । दुर्घटनामा बैरियाकै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।
मेला हेरेर घर फर्किदै गरेका उनीहरु सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलहि पुलमुनि खसेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।