बारा, माघ ४ गते ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बारा–पर्सा औद्योगिक कोरिडोर समितिले जीतपुरसिमरा उपमहानगरपालिकालाई बिबादित सम्पति कर समाधान गर्न ज्ञापनपत्र बुझाएको छ । उपमहानगरले एकतर्फी रुपमा केही वर्ष पहिला १००० प्रतिशतले सम्पति कर बृद्धि गरेको थियो ।
कर बृद्धि पछि व्यापारीहरु पिडित भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको बारा–पर्सा औद्योगिक कोरिडोर समितिले जीपतुरसिमरा उपमहमनगरको नगर प्रमुख राजन पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र बुझाउदै बारा–पर्सा औद्योगिक कोरिडोर समिति अध्यक्ष सन्जय साहले नवनिर्वाचित नगरप्रमुखलाई उँहाको चुनावी घोषण पत्रमा पनि ध्यानाकर्षण गराउनु भएको थियो । नगर प्रमुख पौडेलले आफ्नो चुनावी घोषण पत्रमा उपमहानगरपले बृद्धि गरेको सम्पति करलाई आफु निर्वाचित भए पछि यसलाई घटाउने प्रतिबद्धता गरेको थिए । तर उनि निर्वाचित भए पछि सम्पति करमा ध्यान नदिएको देखिन्छ ।
ज्ञापन पत्र बुझ्दै नगर प्रमुख पौडेलले यस विषयमा नियमित बहसमा जाने प्रतिबद्धता गरेका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा जीतपुसिमरा नगर उद्योग वाणिज्य संंघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
ज्ञापनपत्रः