रञ्जन यादब /बारा ०६ असोज
नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८३ अन्तर्गत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराको अनुगमन तथा निरीक्षण गरिएको छ। केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहसहितको टोलीले कार्यालयको अनुगमन तथा निरीक्षण गरेको हो।
निरीक्षणका क्रममा कार्यालयको भौतिक पूर्वाधार, उपलब्ध स्रोतसाधनको व्यवस्थापन, मानवस्रोत व्यवस्थापन, ट्राफिक प्रहरीको कार्यसम्पादन तथा विभिन्न शाखाबाट हुँदै आएका कामकारबाहीबारे जानकारी लिइएको थियो।अनुगमनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले कार्यालय परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो।
उहाँले कार्यालयको समग्र कार्यसम्पादन, प्रहरी सेवाको प्रभावकारिता र जिम्मेवारीका विषयमा सकल दर्जाका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनुभएको जनाइएको छ।कार्यदक्षता मूल्याङ्कन कार्यक्रमअन्तर्गत प्रहरी कार्यालयहरूको भौतिक अवस्था, स्रोतसाधन, जनशक्ति व्यवस्थापन र कार्यसम्पादनलगायतका पक्षको निरीक्षण तथा मूल्याङ्कन गरिँदै आएको छ।




