बारा, १ असोज
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया मञ्जु बञ्जारा रहनुभएको छ ।बिहीबार बिहान करिब ५ बजेको समयमा घर अगाडि काम गरिरहेको अवस्थामा बञ्जारालाई सर्पले डसेको थियो। सर्पले डसेपछि अवस्था असहज बनेकी उनलाई परिवारजनले तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पु¥याएका थिए।अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। सर्पको टोकाइपछि समयमै उपचारका लागि अस्पताल लगिए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। ग्रामीण तथा आवासीय क्षेत्रमा बिहान–बेलुका घर वरपर काम गर्दा विशेष सावधानी अपनाउन र सर्पले डसेमा घरेलु उपचार नगरी तत्काल स्वास्थ्य संस्थामा लैजान चिकित्सकहरूले सुझाव दिँदै आएका छन्




