जेठ १ गते देखि बिद्यालयमा स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले जेठ १ गते देखि सप्ताहब्यापी बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले आयोजना गरेको स्वास्थ्यकर्मि र निजी बिद्यालयका प्रतिनिधिहरुसँगको स्वास्थ्य कार्यक्रम सम्बन्धि अभिमुखिकरण तथा समिक्षा गोष्ठि कार्यक्रममा जनस्वाथ्य शाखा प्रमुख रबि भाष्करले यस्तो जानकारी दिनुभएको हो ।

बिद्यालयमा पहिलो दिन पोषण सम्बन्धि प्रदशर्नी ,दोस्रो दिन जनचेतनामुलक कार्यक्रम ,तेस्रो र चौथो दिन जुकाको औषधी ख्वाउँने कार्यक्रम ,पाचौँ दिन सरसफाई कार्यक्रम , छैठो दिन हाजरी जवाफ प्रतियोगिता र सातौँ दिन बिद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा रहेको जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ ।

बिद्यालयका बिद्यार्थीहरुमा स्वास्थ्कर बानि बिकास गर्ने र भबिष्यमा रोगमुक्त बनाउँने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिनुभयो । जीतपुरसिमरा उपमहानगरपालिकाको हरेक वडाको बिद्यालयमा बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम हुने जनस्वास्थ्य प्रबद्र्धन शाखाले जनाएको छ ।